खाना पकाउने ग्यासको मूल्य घट्यो, हेर्नुहोस् अब कति पर्छ प्रतिसिलिण्डर ?


काठमाडौं ।

खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले मंगलबार रातीदेखि लागु हुने गरी खाना पकाउने एलपी ग्यासउको मुल्य प्रतिसिलिण्डर २५ रुपैयाँले घटाएको हो ।

मुल्य घटेसँगै अब एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँ भएको छ ।

अन्य पेट्रोलियम पदार्थको मुल्य भने यथावत् रहेको छ । आयल निगमले गत असार १८ गते खाना पकाउने ग्याससहित, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको थियो ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७४ रुपैयाँ, हवाइ इन्धन (बाहृय) को मूल्य ८२ तथा हवाइ इन्धन (आन्तरिक) को ७५ रुपैयाँ रहेको छ ।

२०७३ साउन १७ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...