पत्रकार महासंघ महाधिवेशन : ठुला दलका संगठन भित्र ब्यापक गुटबन्दी, प्यानल चिरा-चिरा पर्दै

  • काठमाडौँ । 
नेपाल पत्रकार महासंघको २५ औँ केन्द्रीय महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ । महाधिवेशनमा भाग लिन शनिबारसम्म महासंघका केन्द्रीय पार्सदहरु देशभरबाट काठमाडौँ आइसकेका छन्। 

महासंघको आगामी नेतृत्वका लागी एमाले निकट प्रेस चौतारीले तिर्थ कोईराला नेतृत्वको प्यानल, काँग्रेस निटक प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरको गोविन्द आचार्य नेतृत्वको प्यानल र महासंघका निबर्तमान महासचिब उजिर मगर नेतृत्वकोसहित ३ ओटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस्तै महासंघको चुनावलाई लिएर विभिन्न राजनीतिक दल निकट पत्रकार संगठन भित्र ब्यापक असन्तुष्टि बढेको छ । एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टर भित्र ब्यापक असन्तुष्टि बढेको हो । 

आन्तरिक बिबाद चरम उत्कर्षमा पुगेपछि प्रेस चौतारीका नेता गणेश पाण्डेले राजिनामा नै दिएका छन् भने प्रेस सेन्टरका नेता उजिर मगरले आफ्नै प्यानल खडा गरेका छन् । त्यस्तै यता पोषण केसी नेतृत्वको एउटा असन्तुष्ट समुहले पनि भित्र-भित्रै आफ्नो छुट्टै गुट तयार पारिरहेको र व्यक्तिगत हिसाबले आफु निकटका केही व्यक्तिहरुलाई जिताउने अभियान सुरु गरेको बताइएको छ । 

त्यस्तै प्रेस चौतारीले मात्रिका पौडेललाई उपाध्यक्षको उम्मेदवार बनाएपछि चौतारीको असन्तुष्ट समुहले अर्को गुट तयार पारिरहेको बताइएको छ । पौडेलले पार्टीका अध्यक्ष केपी ओलीकै आशिर्वाद पाएको हुनाले चौतारीका पत्रकारहरुले खुलेरै बिरोध गर्न नसकेपनि माधवकुमार नेपाल समुहको असन्तुष्ट पक्षले उनलाई असहयोग गर्ने देखिएको छ ।

त्यस्तै नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको कम्युनिष्ट पार्टी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठन नेपाले भने यो चुनावमा कुनैपनि प्यानलसंग कमिकरण गरेको छैन ।

देशै भरिबाट करिब १ सय १७ जना आफ्ना पार्सद भएको उक्त संगठनले कुनैपनि संगठनसंग समीकरण नगरी आफ्नो संगठनका तर्फबाट खुला तर्फ जन्मदेब जैसी र उपत्यकाबाट मानध्वज लामालाई केन्द्रीय सदस्यमा उम्मेदवार उठाएको छ ।

यसैबीच महासंघले महाधिवेशनमा सहभागी हुने १ हजार ५ सय १६ जना केन्द्रीय पार्षदहरूको सूची सार्वजनिक गरेको छ। सुची सार्बजनिक गरिएसंगै चुनावी मैदानमा उत्रिएका सबै प्यानल र स्वतन्त्र उम्मेदवारहरुले भोटरहरुसंग मोबाइलमा म्यासेज र टेलिफोन मार्फत ब्यापक भोट मागिरहेका छन्।

यस्तो छ केन्द्रीय  पार्सदहरुको नामावली



२०७४ भदौ ३ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...