पहिरोमा ज्यान गुमाउने बीमितका परिवारलाई नेपाल लाइफद्वारा रकम हस्तान्तरण

  • काठमाडौँ । 
नेपाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाढी पहिरोमा परी ज्यान गुमाउने परिवारलाई २४ घण्टा भित्रै बीमित रकम हस्तान्तरण गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ की दुर्गा कुमारी खड्का का परिवारलाई १० लाख ३६ हजार हस्तान्तरण गरेको छ । 

कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ छिटो छरितो र पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले २४ घण्टाभित्रै साउन २९ गते सो रकम हस्तान्त्रण गरिएको कम्पनी सचिव ओमप्रकाश पुडासैनीले जानकारी दिएका छन् ।

मृत्यु दाबी रकम कम्पनीका सहायक प्रवन्धक बिरोध भट्टले मृतकका श्रीमान् उदयबहादुर खड्का लाई प्रदान गरेका थिए । स्व. कुमारीले ५ लाख बिमांङ्कको जीवन बीमा बापत जम्मा २४ हजार ३०४ बीमाशूल्क बुझाएकी थिइन् ।

साथै कम्पनीले बाढीपहिरोका कारण असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदन व्यक्त गरेको छ । यही साउन २८ गते आएको पहिरोमा परी खड्काको मृत्यु भएको थियो ।

२०७४ साउन ३१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...