स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नीको निधन


कञ्चनपुर । 

कञ्चनपुरका स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममताको मंगलबार बिहान मृत्यु भएको छ । 

मिर्गौला रोगबाट ग्रसित ममताको भारतको उत्तराखण्डस्थित खटिमामा उपचारका क्रममा मृत्यु भएको उनका भाई गणेश थापाले जानकारी दिएका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि भारतको मेदान्त अस्पतालमा रहेकी ममतालाई प्रत्यारोपणको प्रक्रियामा लैजाँदै गर्दा क्षयरोगसमेत देखिएको थियो । 

उनको बुधबार महाकाली नदीमा अन्त्येष्टि गरिने बताइएको छ । 

आठ महिनाअघि पत्नी ममतालाई काठमाडौँमा उपचार गराइरहेका बोहराको कुरुवा बसेकै अवस्थामा अचानक निधन भएको थियो । २०३५ असार २२ गते बझाङको स्याँडी गाविस–६ मा जन्मिनुभएका बोहरा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको २०६८ देखि २०७१ सम्म अध्यक्ष रहेका थिए । 

बोहरा महेन्द्रनगरबाट प्रकाशित ‘पश्चिम नेपाल’ दैनिकका प्रकाशक तथा ‘रेडियो पश्चिम नेपाल एफएम’का सञ्चालक समेत थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...