विप्लव-मोहनविक्रमसँग एकता सम्भावना बढेपछि वैद्य अाफै कस्सिए..

  • काठमाडौँ । 
नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले क्रान्तिकारी ध्रुविकरणको प्रयास सुरु गरेका छन् । वैद्य आफैले नेकपा (मसाल) र नेपाल कम्युनिष्ट पार्टीसँग ध्रुविकरणको छलफल सुरु गरेका हुन् ।

त्यसैगरी नेकपा महासचिव विप्लव र वैद्यबीच ध्रुविकरणबारे धेरै पटक छलफल भएको बताइन्छ । एकताको अाधार खोज्ने र सहकार्य पनि बढाउँदै जाने दुबै नेताबीच सहमती भएको क्रान्तिकारी माओवादी स्रोतले बताएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले पनि क्रान्तिकारी माओवादीसँग ध्रुविकरणको लागि छलफल गर्ने बताएको छ । अध्यक्ष वैद्य गत सातामात्रै मसालका महामन्त्री मोहन विक्रम सिंहको निवासमै पुगेर पार्टी एकताका लागि प्रस्ताव गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै माओवादी र कम्युनिस्टहरुलाई माकेमा ध्रुविकरण हुन आह्वान गरिरहेका बेला वैद्यले पनि क्रान्तिकरी ध्रुविकरणको प्रयास गरेका हुन् ।

क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले क्रान्तिकारी ध्रुविकरणको लागि आफ्ना पार्टीले छलफल र बहसलाई अगाडि बढाएको बताए । उनले संसदवादी बलियो हुँदै जाने क्रान्तिकारीहरु कमजोर हुँदै जाने अवस्था आएका कारण ध्रविकरणको पहल थालिएको बताए ।

यसअघि क्रान्तिकारी माओवादीले माक्र्सवाद, लेलिनवाद, माओवाद मान्ने, वर्तमान संविधान नमान्ने, सरकारमा नजाने, बल प्रयोगको सिद्धान्त मान्ने, जनवादी केन्द्रीयता र जनवादी कार्यदिशा भएका पार्टीसँग एकता हुन सक्ने प्रस्ताव अगाडि सारेको थियो । सोही अवधारणाअनुसार वैद्यले विप्लव र मोहनविक्रमसँग एकताका लागि छलफल अगाडि बढाएका हुन् ।

तत्काल पार्टी एकता नभएपनि कार्यगत एकता गरेर जाने नेताहरु बताउँछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...