नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पाँच ठाउँमा पहिरो खस्यो

  • चितवन ।
चितवन नारायणगढ - मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक÷एक स्थानमा पहिरो खसेको छ । 

चारकिलोमा ठूलो पहिरो रहेता पनि अन्यत्र साना पहिरो रहेको उनले बताए । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले थप पहिरो नखसेमा केही घण्टामा आवागमन सञ्चालनमा आउने थापाले बताए । 

पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिँदै आएको छ । आज बिहान ३ः३० बजेको हाराहारीमा ती ठाउँमा पहिरो खसेको प्रहरीको अनुमान छ ।


२०७४ भदौ १५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...