मकवानपुरमा पहिरोले घर पुरिदा एउटै परिवारका ७ जनाको मृत्यु

  • काठमाडौं । 
मकवानपुरमा पहिरोमा परी एउटै घरका ७ जनाको मृत्यु भएको छ । 

आइतवार विहान ४ बजेतिर बकैया गाउँपालिका वडा नं १० मन्थलीमा घरमाथीबाट आएको पहिरोमा एउटा घर पुरिएको हो । घरमा सुतिरहेका एउटै घरका ७ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएका तीन जनाको शव निकालिएको छ भने चार जना अझै बेपत्ता भएका छन् । उद्धारका लागि सुरक्षा टोली पनि पुग्न सकेको छैन । बाढी पहिरोले सडक भत्काएपछि उद्धार टोली पुग्न नसकेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सुर्खेतको गुर्भाकोटमा पनि पहिरोले घर पुरिँदा एकै घरमा तीन जनाको मृत्यु भएको छ ।

फाइल तस्विर । २०७४ साउन २९ मा प्रकाशित । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...