कास्की रिभानमा भिषण वाढी पहिरो, १३ घर बगे, स्थानीय त्रसित

  • पोखरा ।
मंगलवार रातीको पहिरोले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभानमा १३ घरमा क्षति पुगेको छ । 

भिषण पहिरोसहित आएको वाढीले रिभानका हुम्दी डाँडा गाउँ र लाम्पाटाका १३ घरमा वस्न नमिल्ने गरी क्षति पुगेको हो। गाउँभन्दा माथि लेकमा रहेका गोठालाहरुले पहिरो गएको र चर्को आवाजका साथ वाढी पहिरो वस्तीतिर आउदै गरेको जानकारी गराएपछि गाउँलेहरु समयमै सुरक्षित स्थान तर्फ जान सफल भएकोले मानविय क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय कसकीले जनाएको छ । 

वाढीले चौपायाहरु वगाए पनि क्षतिको एकिन जानकारी प्राप्त हुन सकेको छैन । वाढीले स्थानीय देवीलाल लामिछाने, दण्डवहादुर विक, प्रविण लामिछाने, गंगावहादुर विक, प्रेम विक, राजमान विक, दिननाथ पौडेल, कमला परियार, नरवहादुर विक, काजी विकको घरमा पूर्ण क्षति पुगेको छ । त्यस्तै दण्ड आचार्य, सन्तु लामिछाने, भक्तप्रसाद लामिछाने र हिमलाल भुषालकरो घर जोखिममा रहेको छ । 

वाढीले हुम्दीमा रहेका २ वटा मोटरेवल पुल र विजुलीका पोलहरु समेत समेत वगाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगीसकेको र क्षतिको विवरण संकलन गरिरहेको स्थानीय बलराम गिरीले जानकारी दिए । वाढीवाट विस्थापित भएर त्रसित वनेकाहरु अहिले छिमेकी वस्तीहरुमा आश्रय लिएर वसेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...