प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा भेटिए ३२ बर्षीय युवक, हत्या की अात्महत्या ? (भिडियोसहित)

  • धरान । 
इलाका प्रहरी कार्यालय धरानकाे हिरासतमा रहेका एक थुनुवा युवक अाइतबार बिहान झुण्डिएको अवस्थामा फेला परेका छन । 

एक साताअघि हाड नाता करणीकाे अाराेपमा पक्राउ परी प्रहरी कार्यालयकाे थुनुवा कक्षमा रहेका धरान ५ देउराली निवासी ३२ बर्षीय श्रीधन बिक अाइतबार बिहान झुण्डिएको अवस्थामा फेला परेका हुन । 

इलाका प्रहरी कार्यालय धरानस्थित थुनुवा कक्षकाे छेउमै रहेकाे शाैचालय माथी भेन्डीलेसनमा अाफैले लगाएकाे सर्टकाे सहायताले गलामा पासाे लगाइ झुन्डीएर अात्महत्या गरेका इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । हाल उनकाे शव पाेस्टमार्टमकाे लागि धरान स्थित बिपी प्रतिस्ठानमा लगिएकाे छ ।

बिक गत भदाै ४ गते धरानबाटै पक्राउ परेका थिए । उनि बिरूद्ध हाडनाताकाे करणीकाे मुद्धा दर्ता भएकाे थियाे । बिकको प्रहरी हिरासतमै हत्या भएको हो या उनि आफैले अात्महत्या गरेका हुन् ? यो बिषय रहस्यमय बनेको छ । प्रहरीले भने उनले आत्महत्या गरेको भन्दै यो बिषयमा अनुशन्धान भइरहेकाे जनाएकाे छ ।

हेर्नुहोस् भिडियो

२०७४ भदौ ११ मा प्रकाशित ।
भिडियो : पूर्वेली न्युज

, ,

प्रतिकृया दिनुहोस्

Loading...