नेपाल आइडलबाट बाहिरिदा पनि चारैतिर वाईवाई कमाएका प्रतापले ल्याए यस्तो दमदार भिडियो


काठमाडौं ।
पछिल्लो समय नेपालमा चलिरहेको नेपाल आइडलबाट बाहिरिएका प्रताप लामाको ‘तिमी थियौ’ बोलको गीत शुक्रबार युट्युबमा सार्वजनिक भएको छ ।

नेपाल आईडलमा हुँदा सबैको माया र वाईवाई कमाएका गायक लामाको यस गितलाई निकै उत्साहको साथ हेरीएको पनि छ । नेपाली गितसंगितको क्षेत्रमा बिलकुलै नयाँ शैलीको प्रयोग गरि निर्माण गरिएको यो गितलाई युटुवमा राखिएको छोटो समयमा नै लाखौंले हेरिसकेका छन ।

‘नेपाली तारा – ३’ को उपाधी जितेका प्रताप लामा नेपाल आइडलको प्रतियोगिताबाट भने बाहिरिएका थिए । आफ्नै शब्द र संगीतमा रहेको यो गीत सार्वजनिक भएको २० घण्टामा झण्डै २ लाख पटक हेरिएको छ । म्युजिक भिडियोमा बिकाश लामिछाने र सुनिका बस्नेतले अभिनय गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...