पिडितलाई न्याय दिनुको सट्टा पीडकलाई उन्मुक्ति दिएपछि वाइसियलको कडा आपत्ति

  • सुर्खेत । 
सुर्खेतमा कुटपिटको घटनालाई प्रहरीले जबर्जस्ती मिलाउन खोजेको, र पीडितलाई न्याय दिनुको सट्टा पीडकलाई नै उन्मुक्ति दिन खोजेको भन्दै वाइसिएलले कडा आपत्ति जनाएको छ ।

वाइसिएल सुर्खेतले त्यहा स्थित स्थानीय मिडियालाई एक ध्यानाकर्षण पत्र लेख्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक रेशम बोहोराले प्रहरी कार्यालयमा पिडित पक्षले दिएको उजुुरिमा उल्लेखित दोषीलाई कावार्ही गर्नुुको साटो उन्मुक्ति दिएको जनाएको छ ।

प्रहरी आफैले कानुन भन्दा माथि उठेर पीडित र पीडक पक्षलाई पटक पटक मिलाउन खोजेको र अपराधीलाई सजाय दिनुको साटो संरक्षण गर्न खोजेको भन्दै यसबारे बोलीदिन वाईसिएलले मिडियालाई ध्यानाकर्षण गराएको हो । 

पटक पटकको जनगुननासोपछि वाइसिएलले सो बारे बुुझन खोज्दा प्रहरीले कुनै जवाफ नदिई पदीय दायित्वबाट विमुख भएकोले प्रहरी निरीक्षक रेशम बोहोराको कार्यशैलिप्रति वाईसिएलले आपति जनाएको हो ।

वाईसिएल सुुर्खेतका अध्यक्ष पदमबहादुर बनद्धारा हस्ताक्षेरित उक्त पत्रमा कार्यशैली नसच्याए पिडितपाई न्याय दिन आफुहरु कडारुपमा प्रस्तुत हुने बताईएको छ । 

त्यस्तै यस्ता कार्यहरु जारी राखे आफुहरु प्रहरी बिरुद्द कानुनी कारबाहीमा जाने र आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने समेत चेतावनि दिइएको छ ।

वाइसिएल सुर्खेतले इमान्दार मिडियालाई दिएको जानकारी अनुसार बिरेन्द्रनगरबाट जन्मदिनको पार्टी मनाउन गएका १५/१७ बर्ष उमेर समुहका केटाकेटीमाथी गाेठिकाडाका युवाहरुले सांघातिक आक्रमण गरेका थिए । उनीहरुले केटीहरुलाई हातपात गर्नुका साथै केटाहरुमाथि खुकुरी प्रहार गरी घाइते भएका थिए ।

आक्रमणमा परी एक जना किशोर र एक किशोरी घम्भिर घाइते भएका छन् । खुकुरी प्रहारबाट किशोरको हातको नसासम्म काटिएको छ भने किशोरीको टाउकोमा गहिरो चोट लागेको छ । घाइतेहरुको नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ।

वाइसिएलका अध्यक्ष पदम बनले आक्रमण गर्ने समुहका युवाहरुलाई समात्नुको साटो प्रहरीले उल्टै पीडित किशोरकिशोरीहरुलाई गिरप्तार गरेको आरोप् लगाएका छन् ।

अध्यक्ष बनले यो घटनाका दोषीलाई प्रहरीले कारबाहीको दायारा नल्याई राजनीतिक रंग दिन खोजे परिणाम गम्भीर हुने चेतावनी समेत दिएका छन् ।


२०७४ साउन १७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...