भरतपुर ताजा अपडेट : रेणु दाहालको पक्षमा माहोल देखिएपछि एमालेले देखायो यस्तो हर्कत

  • चितवन । 
भरतपुर महानगरपालिका वडा नं. १९ मा मतदान जारी छ । माहोल रेणु दाहालको पक्षमा देखिएपछि एमाले कार्यकर्ताले मतदाताहरुलाई दुर्व्यवहार गरेका छन् ।

प्राप्त जानकारी अनुसार अमरजंग माविमा मतदानका लागि जाँदै गरेका मतदातालार्इ राेकेर एमाले कार्यकर्ताले भाेट हाल्न नजान चेतावनी दिएका छन् । भाेट हाल्न गएकाे खण्डमा जे पनि हुने भन्दै एमाले कार्यकर्ताले धम्की दिएपछि मतदाताले स्थानीय प्रहरीलार्इ खबर गरेका छन् ।

मतदानका लागि जान लागेका मतदाता कांग्रेस निकट रहेकाे बुझिएकाे छ । प्रहरीले जानकारी पाउनेवित्तिकै मतदानका लागि मतदाता अउने बाटाेमा प्रहरी परिचालन गरिएकाे छ ।

प्रहरीले कुनै पनि दलका कार्यकर्ताले मतदातालाइ धम्क्याउने कार्य गरेमा कडा एक्सन लिने जनाएकाे छ । भरतपुर १९ मा हालसम्म ३५ प्रतिशतभन्दा बढी मत भने खस्न सकेकाे छैन ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...