अखिल क्रान्तिकारी मत गणना अपडेट: अध्यक्षमा शर्मा, उपाध्यमा सिंह अगाडी

  • काठमाडौं । 
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वको लागि भएको चुनावको मत गणना जारी छ । त्रिवि स्मृति हलमा जारी मत गणनाअनुसार रन्‍जित तामाङ र अनिल शर्मा पक्षबीच कडा प्रतिस्‍पर्धा छ ।

अहिले प्रदेश नम्बर ६ को मतगणना भइरहेको छ । फेरि शर्माले अग्रता लिएका छन् । त्यस्तै उपाध्यमा शर्मा प्यानलकी पञ्चा सिंहले सबैभन्दा धेरै मत पाएकी छन् । महिला तर्फकी अर्की उपाध्यक्षकी उम्मेदवार लक्ष्मी प्रधानभन्दा पञ्‍चाले निकै धेरै मत पाएकी छन् ।

पछिल्लो जानकारी अनुसार सिंहले ४५० मत पाएकी छन् भने प्रधान ३ सयमै सिमित छन् । गणना भइरहेको बुथमा पनि सिंहले नै राम्रो मत पाइरहेकी छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...