रौतहटमा नेपाली सेनाको ब्यारेकनजिकै बम विष्फोट, यस्तो छ अपडेट

  • रौतहट । 
रौतहटको चन्द्रनिगाहपुर (च:पुर) नगरपालिकाको पूर्वपश्चिम महेन्द्र राजमार्गमा बम विष्फोट भएको छ ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट मेयर पदमा बुधबार उम्मेदवारी दर्ता गराएका समीर भट्टराईको घर नजिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ । बुधबार राति करिव साढे नौ बजेतिर भएको उक्त बम विष्फोटबाट कुनै मानवीय  क्षति नभएको  प्रहरीको भनाई छ ।

बम विष्फोटको जिम्मेवारी कसैले नलिए पनि चुनाव खारेजी अभियानमा सक्रियता देखाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । 

अज्ञात समूहले यसअघि मंगलबार राति लहानमा पनि बम विष्फोट गराएको थियो ।

२०७४ भदौ २२ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...