रौतहटमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु

  • रौतहट ।
रौतहटमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताबीच झडप हुदाँ एकजनाको ज्यान गएको छ ।

मतगणना चलिरहेकाे बेला भाेटको विषयलार्इ लिएर कांग्रेस र राजपाबिच झडप भएकाे हाे । त्यहाँकाे स्थिती तनावग्रस्त बनेकाे छ मतगणना स्थगित भएको छ । 

मृत्यु हुनेमा कटहरिया ८ का ५० वर्षिय रामपुकार राय रहेको त्यहाँबाट पत्रकार चन्दन रौनियारले इमान्दार मिडियालाई जानकारी दिए । घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएकाे छ । थप विवरण अाउन बाँकी छ ।
बुधबार राति ९ बजे तिरको समयमा भडप हुँदा रायको मृत्यु भएको प्रहरीले पुष्टि गरेकाे छ । ज्यान गुमाउने राय कुन पार्टीनिकट हुन भन्ने कुरा अहिलेसम्म खुल्न सकेकाे छैन ।

२०७४ असोज ५ मा प्रकाशित । फाइल तस्विर

, ,

प्रतिकृया दिनुहोस्

Loading...