काठमाडौँबाट ४४ जना यात्रु बोकेर हिडेको बस धादिङमा दुर्घटना

  • काठमाडौँ । 
काठमाडौँबाट ४४ जना यात्रु बोकेर हिडेको यात्रुबाहक बस दुर्घटना भएको छ । मंगलबार विहानै धादिङको विशालटारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

बेनिघाट रोराङ गाउँपालिकाको विशालटारमा लु २ ख ६६३० नम्बरको बस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याइँदैछ भने बाँकीको मलेखुमा रहेको राजमार्ग सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।

२०७४ भदौ २७ प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...