सुर्खेतबाट दैलेख जादै गरेको बस दुर्घटना, चारको अवस्था गम्भीर 

  • दैलेख ।
सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ख २२३३ नंको बस बुधबार साँझ करिब ६ः३० बजे दुर्घटना हुँदा बसमा चढेका २२ जना सबै आफन्त घाइते भएका छन् । 

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर भएकोले उपचारका लागि सुर्खेत लगिएको दैलेख प्रहरीले जानकारी दिएको छ । 

कोहलपुरबाट पूजापाठका लागि घरपरिवारका आफन्त चढेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा चढेका सबैजसो सामान्य घाइते भएका भए पनि उदय शाही, अंगत शाही, तारा शाही र बस चालक उपेन्द्र शाही गम्भीर घाइते भएको दैलेख प्रहरी प्रमुख सरोज पौडेलले जानकारी दिए । 

गुराँस गाउँपालिकाको वडा नं ४ तालपोखरी ओरालोमा एक्कासी गाडीमाथिको नियन्त्रण गुमेपछि बस दुर्घटना भएको थियो । बसमा २२ जना सवार थिए । 

फाइल तस्वीर, २०७४ असोज १२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...