गोर्खाल्याण्डको प्रस्ताव बंगाल सरकारद्वारा अस्वीकार

  • काठमाडौं ।
दार्जिलिङलाई गोर्खाल्याण्डको माग गर्दै आन्दोलनरत दलहरु र बंगाल सरकारबिचको  दोस्रो बार्ता पनि विफल भएको छ । 

मंगलबार सिलिगुडीमा बोलाइएको वार्तामा बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले आन्दोलनरत दलहरुका सबै माग अस्वीकार गरेपछि बार्ता सफल हुन् सकेन । ।

यसअघि दुवै पक्षबीच पहिलो वार्ता अगष्ट २९ मा भएको थियो । छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै गोर्खा जनमुक्ति मोर्चा लगायतका दलले अनिश्चितकालिन आमहड्ताल सुरु गरेको पनि मंगलवार ९० दिन पुगिसकेको छ । 

छुटै गोर्खाल्याण्ड राज्यको माग गर्दै भारतको पश्चिम बंगाल सरकार अन्तरगतको दार्जिलिङ, मिरिक, खर्साङ र कोलेबुङ सहितको क्षेत्रमा जारी आन्दोलन दवाउन बंगाल सरकारले इन्टरनेट सेवा बन्द गरेपछि सञ्चार सेवा प्रभावित भएको छ । 

इन्टरनेटमा अनलाइन काम गर्ने सञ्‍चारकर्मी, अनलाईन फर्म भरेर पढ्न पाउने विद्यार्थी र इन्टरनेट सेवा प्रदान गर्ने आइएसपीहरु समेत प्रभावित भएका छन् । आन्दोलनरत दलहरूको मागबारे सरकार बेवास्ता गर्दै आएको छ । तर,मन्त्री  बेनर्जीले यो वार्तालाई सकरात्मक र रचणात्मक भनेकी छिन् ।

‘चाड–पर्वको मौसम पनि आइसक्यो । हामी पहाडमा शान्ति फर्केको हेर्न चाहान्छौं’, वार्ता पछि भारतीय सञ्चारमाध्यमले उनको भनाई उदृत गर्दै भनेकी छिन्, ‘यो सुखद छ कि पाँच पहाडी पार्टी आजको वार्तामा सहभागि भए र थुप्रै बिषय उठाए ।’  तेस्रो चरणको वार्ता अक्टोबर १६ मा प्रस्ताव गरिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...