पहिलो पटक सम्भोग गर्दा यी कुराहरुमा अनिवार्य ध्यान दिनुहोस्


पहिलो पटक सम्भोग गर्दा सन्दर्भमा पुरुष महिलामा निकै ठूलो उत्साह हुन्छ । पुरुषमा भन्दा बढी महिलामा के चिन्ता हुन्छ भने कतै आफूलाई पीडा त हुने हैन ? भर्जिनिटीका बारेमा महिलाहरुले पहिले पनि सुनेका हुनाले उनीहरु यो कुरा पचाउन तयार हुन्छन् तर पुरुष पार्टनरले केही ध्यान दिएर महिलाहरुलाई सहज बनाउन सक्छन् ।

पहिलो पटक सम्भोग गर्दा रक्तश्राव हुन्छ भनेर अक्सर धेरै महिलाहरुलाई भनिएको हुन्छ तर हरेक केसमा यो संभावना भने हुदैन । 

पहिलो सम्भोगमा महिलाहरुमा ल्युव्रिकेसन कम हुनाले दुखाई हुन सक्छ तर विस्तारै त्यो बढ्छ र दुख्न छाड्छ । पुरुषले प्रारम्भमै अत्याधिक तिव्रतामा सेक्स गर्ने प्रयास गर्दा महिलालाई पीडा हुन सक्छ त्यसैले महिलालाई सोध्दै कति सम्म सहन सक्छ त्यति मात्र प्रेसर बढाउनु पर्छ ।

सम्भोग गर्नु पूर्व मन शान्त पार्नुहोस् र मनलाई आनन्दित पार्नुहोस् अनि मात्र पहिलो सम्भोगले सार्थकता पाउने छ । आपसमा प्रसस्त मात्रामा चुम्बन गर्नुस् । 

वैज्ञानिक अनुसन्धानले प्रमाणि गरेको छ कि किस खानाले एक अर्कामा हर्मोन उत्पादन हुन्छ । किस गर्दा ओठ मात्रै हैन कि मानिसको एक सय ४६ मांसपेसी पनि सक्रिय हुन्छ । 

मानिसले जीवनभरमा २० हजार एक सय ६० मिनट किस गर्ने एक अध्ययनले देखाएको छ । त्यसैले सुखी र आनन्द मनले सम्भोग गर्न दुवैले मानसीक समझदारी बनाउनु जरुरी हुन्छ ।

प्रतिकृया दिनुहोस्

Loading...