नवलपरासीबाट नेकपाका २ नेता कार्यकर्ता पक्राउ

  • नवलपरासी । 
नवलपरासीबाट नेकपाका दुइजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासीको मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालोमासो लगाएको आरोपमा दुई जना पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेकपाका जिल्ला सचिवालय सचिव चित्तलसिंह राना र जिल्ला सदस्य प्रेम ढकाल रहेको प्रहरीले जनाएको छ ।

मालपोत कार्यालय कावासोतीका प्रमुख घिमिरेले जग्गाको मूल्यांकन घटाएर राजश्व संकलनमा असर पारेको तथा सेवाग्राहीबाट घुस लिने गरेको आरोप लगाउँदै कम्युनिष्ट पार्टीका कार्यकर्ताले गत बुधबार कालोमोसो दलिदिएका थिए ।

कालोमोसो दलिएको घटनामा संलग्नताको आसंकामा प्रहरीले उनीहरुलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ३ बजे पक्राउ गरिएको जनाएको छ ।

२०७४ भदौ ३१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...