११.९४ अंकले बढ्यो बजार, लगानीकर्तालाई मिल्यो राहत


काठमाडौँ ।

साताको चौथौ दिन बुधबार बजार बढेको छ ।मंगलबारको तुलनामा आजको बजार ११.९४ अंकले बढेर १५६६.५० विन्दुमा आइपुगेको छ ।

कुल ८२ करोड ४३ लाख भन्दा माथिको कारोबार भएको बजारमा आज नेपाल इन्भेस्टमेन्ट बैंकले सबै भन्दा धेरै ७ करोडको कारोबार गरेको छ । 

बैंकले आज ४० प्रतिशत बोनस घोषणा गरेपनि बैंक आफैले गल्ति गर्दा धेरै लगानीकर्ता मारमा परेका छन् । 

पहिला बैंकले २५ प्रतिशत बोनस शेयर दिने बताए पनि पछि त्यो गल्ति भएको भन्दै १५ प्रतिशत मात्र बोनस शेयर दिने बताएको थियो । यहि गलत सूचनाका कारण ७ सय ४३ मा कारोबार खुलेको यस कम्पनीको शेयर मूल्य ८ सय ५ सम्म पुगेको थियो । जुन ६२ रुपियाँसम्मले बढी हो ।

आज अन्य बढी कारोबार हुने कम्पनीहरुमा गुराँस लाइफ इन्स्योरेन्स संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स , नबिल बैंक, छिमेक लघुवित्त लगायत रहेका छन् ।

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
२०७४ भदौ २१ मा प्रकाशित ।


प्रतिकृया दिनुहोस्

Loading...