विप्लवका कलाकारले एमाले, कांग्रेस, माओवादीलाई भोट मागेपछि...

  • राजिब चन्द, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टीको जनसास्कृतिक महासंघ अन्तरगतको सामना सास्कृतिक परिवारका कलाकारहरुले बुधबार काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा स्थानीय तह निर्वाचनमा होमिएका राजनीतिक दल एमाले, कांग्रेस र माओवादी केन्द्रलाई भोट मागेका छन् ।

दर्शकहरुले खचाखच भरिएको नाचघरमा आफ्नो प्रस्तुति प्रदर्शन गर्दै कलाकारहरुले यसरी भोट मागीरहँदा दर्शकहरु भने अच्चम मानेर हेरिरहेका थिए । निर्वाचनको बिपक्षमा रहेको र चुनाव खारेजी अभियान नै चलाएर आफ्ना गतिबिधि अगाडी बढाईरहेको पार्टी निकट कलाकारहरुले यसरी बिपक्षीलाई नै भोट मागेपछि जो कोही अच्चममा नपर्ने कुरै भएन ।

सामाना जनसंगीत अभियानमा रहेको कलाकारको टोलीले सुरुमा आफ्ना नेपाली दाजुभाईहरु विदेशीनुको पीडा पोख्दै 'कसले बनायो दाजै उडीजाने बस' शिर्षकको गीतबाट हल नै स्तब्ध हुनेगरी प्रस्तुति राख्यो । त्यसको लगत्तै 'लड्नै परे लड्ने हो मुक्तिको बाटोमा मर्ने परे पर्नेको यही देशको माटोमा' शिर्षकको जोशिलो गीतमा नृत्य प्रस्तुत गर्यो । 

'अधुरो छ शहिदको सपना हामीले पुरा गर्नु छ, भ्रष्ट अनि दलालहरुलाई हामीले ठेगान लगाउनु छ' 'आयौ हामी अन्तिम मोर्चा कस्नलाई, जुटेर बैज्ञानिक समाजवाद ल्याई छोड्नु छ,' 'मेघ झैँ गर्जी, भेल झैँ उर्ली' 'बोकेर अब आइ पुग्यो सुन्दर बिचारको मूल, राता मान्छेको हुल' 'गाउँ शहर एक साथ उठ अब फेरी, लुकेर बस्नु हुदैन' श्रमिकहरु सबै जुट अब फेरी, थाकेर बस्नु हुदैन'   

'झिक तरबार अब, कस कम्मर फेरी, हारेर बस्नु हुदैन, बोक बन्दुक अब, जुर्मुलाउदै फेरी, झुकेर बस्नु हुदैन' 'हार्ने हैन जित्ने गरी जनसेना लड्छन् फेरी', नयाँ युग ल्याउने गरी राता मान्छे जुट्छन फेरी' यस्तै यस्तै प्रगतिशील गीतहरु प्रस्तुत गरी रहेको सामना सास्कृतिक परिवारका कलाकारहरु एक्कासी मन्चमा 'भोट के मा-सुर्यमा' 'हसिया हतौडा हाम्रो-माकेलाई भोट हाले झन् राम्रो' भन्ने नारा लगाउँदै आएपछि दर्शकहरु चकित परेका थिए ।

यो दर्शक नै चकित पार्ने गरी भोट मागिएको भने न्निर्वाचनमा भाग लिएका उम्मेदवारको लागी नभएर नाटकका पात्रका लागी मात्र थियो । कलाकारहरुले संसदीय दल माकेको 'गाउँगाउँमा सिंहदरबार' भन्ने नारालाई व्यंग्य गर्दै यो व्यवस्थाले जनातालाई कसरी लुट्दै छ भन्ने भावसहितको नाटकमा यसरी भोट मागेका हुन् । सामनाको नाटकमा स्थानीय निर्वाचनमा भोट माग्ने, निर्वाचित हुने देखी बिजय जुलुस मनाउने सम्मको दृश्य देखाएका थिए । 

त्यसै कलाकारहरुले निर्वाचित जन प्रतिनिधिहरुले जनतालाई कसरी पीडा दिइ रहेका छन् भन्ने भाव पनि प्रस्तुत गरेका थिए भने महानगरका मेयर बिद्या सुन्दरको मोबाइल काण्ड र विलासी सेवा सुविधाका बारेमा पनि व्यंग्य गरेका थिए । 

उनीहरुले गीत मार्फत नै अबको निर्वाचन पनि बहिष्कार गर्नुपर्ने र नेपालमा अहिलेको पुरानो संसदीय व्यवस्थालाई परिवर्तन गरी बैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्ने भावसहितका प्रस्तुती राख्दै बुधबारको कार्यक्रम समापन गरेका थिए ।

सामना सास्कृतिक परिवारको जनसंगीत अभियान भाद्र २९ र ३० गते नाचघर र अन्य दिन उपत्यकाका विभिन्न हल र चोकहरुमा कार्यक्रम गर्दै जारी रहने बताइएको छ ।

हेरौ सामना जनसंगीत अभियानका केही तस्बिरहरु















२०७४ भदौ २८ गते प्रकाशित

, , ,

प्रतिकृया दिनुहोस्

Loading...