क्रान्तिकारीका सचिव डीबी साउद प्रदेश नम्बर १ बाट सिफारिस

  • काठमाडौं । 
नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले आसन्न प्रदेश तथा केन्दीय सभामा उम्मेदवार बनाउँनु पर्ने भन्दै आफ्ना नेताहरुको नाम सिफारिस गरेको छ ।

विद्यार्थी साधारण शाखाका इन्चार्ज रमेश मल्ल र संयोजक रत्न ढकालको उपस्थितिमा गत २४ गते बसेको बैठकले उम्मेदवारका लागि नेताहरुको नाम पार्टी अध्यक्ष प्रचण्डसमक्ष सिफारिस गरेको हो ।

विद्यार्थी साधारण साखाले अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल, रतन ढकाल, सन्तोष बिष्ट, नरेन्द्र न्यौपानेदेखि वर्तमान अध्यक्ष रञ्जित तामाङ्ग, सचिव दान बहादुर साउद लगायतको नाम उम्मेदवारको लागि सिफारिस गरेको छ ।

अछामा डीबी साउदको चर्चा 

अखिल क्रान्तिकारीका वर्तमान सचिव दान बहादुर साउद अछामका स्थानीयवासी हुन । सचिव साउदलाई अछामको प्रदेश नम्बर १ ख बाट प्रत्यक्ष तर्फको उम्मेदवारको लागि नाम सिफारिस गरिएको छ । 

स्थानीय निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरुलाई निर्वाचित गराउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरको र अन्य पार्टीका नेता, कार्यकर्ता, स्थानीय जनतासँग पनि उनको सम्बन्ध राम्रो रहेकाले अछाम एक ख बाट निर्वाचनका लागि डिबि साउँद नै सबै  अशल नेता हुने उनका शुभचिन्तकहरूकाे विश्लेषण छ ।

साउँदको नाम सिफारिस भएपछि अछाममा कतिपय युवाहरु उनको लागि भोट माग्न समेत सुरु गरेका छन् । 

विद्यार्थी राजनीतिकमा होमिएका साउद अस्कल क्याम्पसको सभापति, क्रान्तिकारीको केन्द्रीय सदस्य हुदैँ हाल केन्द्रीय सचिवको जिम्मेवारीमा छन् ।

दशक बढि समय विद्यार्थी राजनीतिमा बिताइरहेका साउदले अछामका जनताको प्रत्यक्ष सरोकारका विषयहरु, विकास, समस्या र त्यहाँको भौगोलिक अवस्थाको विषयमा आफु जानकार रहेको, लामो समय पार्टी र राजनीति मार्फत समाज सेवाको काम गरेको कारण नाम सिफारिस गरिएको बताए ।

उनी हालै सम्पन्न अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा खुला तर्फको केन्द्रीय सचिवमा सबैभन्दा बढि मत ल्याएर विजयी भएका हुन ।

विद्यार्थी साधारण शाखाद्धारा सिफारि गरिएको पत्रमा उम्मेदवार छनोटको विषयमा पार्टी भित्र देखिएको अवस्थाको समाधान गर्नका लागि उपयुक्त विधि र मापदण्ड बनाउन पार्टी अध्यक्ष प्रचण्डलाई सुझाब समेत दिइएको छ ।

२०७४ असोज २९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...