आइसीसी विश्व क्रिकेट लिग: नेपाल र हङकङबीच प्रतिष्पर्धा जारी (भिडियो लाइभ हेर्नुहोस्)

  • काठमाडौं ।
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सीप अन्तर्गत अहिले नेपाल र हङकङबीच प्रतिष्पर्धा भइरहेको छ । नेपालले पहिले फिल्डिङ गरिरहेको छ ।

नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका छन् । हंगकंगको ३.४ ओभरमा शुन्य रन एक विकेटको अवस्था छ ।

विश्वकप छनोटमा सहभागी हुनका लागि नेपालले हंगकंगसँग आफ्ना बाँकी सबै खेल जित्नैपर्ने हुन्छ । समान १० खेल खेलेका यी दुवै टोली अंक तालिकाको पाचौँ र छठौँ स्थानमा छन् । हंगकंगको ११ अंक छ भने नेपालको ८ अंक ।

शीर्ष चारमा रहने टोलीले विश्वकप छनोट खेल्न पाउने छ ।

हेर्नुहोस् लाइभ



२०१७ असोज २७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...