बैद्य माओवादीको राष्ट्रिय सम्मेलन : विप्लवलाई निम्ता, प्रचण्डलाई निषेध

  • पोखरा ।
मुलुक राजनीतिक ध्रुवीकरणको मौसम चलिरहेका बेला मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) राष्ट्रिय सम्मेलनमा जुटेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)को राष्ट्रिय सम्मेलनमा आइतबारबाट पोखरामा शुरु भएको छ ।

पछिल्लो पटक परि थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकीकरणपछि बनेको नेकपा क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन पहिलो पटक हुन लागेको हो ।

उद्घाटन कार्यक्रममा क्रान्तिकारी माओवादीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा बाहेक अन्य दलहरुलाई निषेध गरेको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टी, मोहन विक्रम नेतृत्वको नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको नेकपालाई आमन्त्रण गरिएका प्रवक्ता कण्डेलले बताए ।

तर बैद्यले नेकपमा बिलय हुने तयारीमा रहेको प्रचण्ड माओवादीलाई भने निषेध गरेका छन् । राष्ट्रिय सम्मेलनमा देशभरीबाट ४ सय प्रतिनिधि र ५० पर्यवेक्षकको सहभागिता रहने पार्टी प्रवक्ता हरिभक्त कण्डेलले बताए ।

मध्यान्ह १२ बजेदेखि राष्टिय सम्मेलनको औपचारिक उद्घाटन शुरु हुने र त्यसअघि केन्द्रीय समितिको बैठक बस्दैछ ।

केन्द्रीय समितिबाट पारित गरिएको अध्यक्ष वैद्यको मस्यौदा प्रस्तावमाथि सम्मेलनमा छलफल हुने बताइएको छ । अध्यक्ष वैद्यको प्रतिवेदनमाथि रामसिंह श्रीस र सीताराम तामानले फरक मत राखेका छन् । अध्यक्षको प्रतिवेदनमाथि फरक मत राखिएपछि वैद्य माओवादीले पार्टीभित्र आन्तरिक बहस चलाएको थियो । सम्मेलनले उक्त बहसको टुंगो लगाउने बताइएको छ ।

०६९ असार २ देखि ५ सम्म चलेको बौद्ध भेलापछि मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी बन्यो, नकेपा–माओवादी । प्रचण्ड र बाबुरामसहितका नेतासँग वैद्य र विप्लवले सँगै सम्बन्ध विच्छेद गरेका थिए । तर, पछि वैद्यसँग विप्लव अलग भएर आफ्नो नेतृत्वमा पार्टी गठन गरे ।

बुढाहरुबाट क्रान्ति हुन नसक्ने अवस्था आएको भन्दै विप्लवले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर मोहन वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाएलगतै आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरेका थिए ।  क्रान्तिकारी धार समातेर अगाडि बढेका नेकपा महासचिव विप्लव युवाहरुका लागि प्रिय नेता मानिन्छन ।

२०७४ असोज २२ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...