अजय सुमार्गीदेखि चुडामणी शर्मा र गोपालबहादुर खड्कासम्म ! किन परे नेकपाको टार्गेटमा ?

  • काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले धमाधम भ्रष्टहरुलाई सफाई दिदै जान थालेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उनीहरुमाथि जनकारवाही गर्ने निर्णय गरेको छ ।

२०७४ असोज १९ देखि २१ सम्म पोखरामा बसेको नेकपा केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचार गर्ने उच्च तहका कर्मचारी र कालोधनका आधारमा रातारात अर्बौपति भएकाहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । 

पार्टीले राज्यसभा र संसदको चुनाव खारेज गर्ने औपचारिक निर्णय गरेको छ भने राज्यलाई कर छली गर्नेदेखि जनतालाई लुट्ने व्यापारीहरुलाई उसैको भाषामा 'जनकारवाही' गर्ने भएको छ ।

पार्टीको पोखरा बैठकले पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको मुद्दा खेप्दै आएका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा, नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्का, व्यपारी अजय सुमार्गी, जनमैत्री अस्तपाल, चन्द्रागिरी केबलकारका मालिक चन्द्र ढकाल लगायत छन् ।

चुडामणि शर्माले कर छलेको अजय सुमार्गीले कालोधनलाई प्रसय दिएको, जनमैत्री अस्पताल र चन्द्रागिरी केवलकारले जनता ठगेको र आइएमइका नाममा हुन्डीको व्यापारलाई प्रयास दिएको भन्दै आइएमइ र चन्द्रागिरी केवलकारका मालिक चन्द्र ढकाल लगायतलाई पार्टीले कारवाही गर्ने भएको हो । 

त्यस्तै अजय सुमार्गीको ५ अर्ब विदेशबाट आएको रकम स्रोत नखुलेकाले राष्ट्र बैंकले रोकेको छ । जनमैत्री अस्पताल लिटिल एन्जेल्स स्कुलका मालिक उमेश श्रेष्ठ र गृहमन्त्री जनार्दन शर्माको हो । 

यसअघि स्थानीय निकायको विकास निर्माणको बजेटमा अनियमितता गर्ने कर्मचारीहरुलाई कालोमोसो दल्ने कारबाही गर्दै आएको नेकपाले अब उच्चतहका भ्रष्ट र घुसखोरहरुलाई उसकै भाषामा जनकारवाही गर्ने भएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...