एनसेलले सात सयभन्दा धेरै टावर जडान गर्ने

  • काठमाडौं।
एनसेलले ७०० भन्दा बढी टावर जडान गरी चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ ।

मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुन)को वित्तीय विवरण अनुसार, एनसेलले जुन महिनाको अन्त्य (असारको मध्य)सम्ममा ६९९ वटा फोरजी टावर जडान गरिसकेको छ ।

कुनै पनि क्षेत्रमा सेवा विस्तार तथा संचालनका निमित्त मोवाइल टावर जडान अत्यावश्यक हुन्छ । यस्ता पूर्वाधारले ग्राहकहरूलाई सञ्चार सेवा प्रदान गर्न उनीहरूको मोवाइललाई फ्रिक्वेन्सीका माध्यामबाट सेवा प्रदायकको नेटवर्कसँग जोड्ने काम गर्दछ ।

टावर निर्माण तथा जडानमा हुने खर्च सेवा प्रदायकहरुको प्रमुख पुँजीगत खर्च तथा लगानीका रुपमा लिइन्छ । ग्राहकलाई द्रुतगतिको मोबाइल इन्टरनेट सेवा प्रदान गर्न एनसेलले फोरजी जेठ १८ बाट संचालनमा ल्याएको थियो ।

प्रथम चरणमा काठमाडौं उपत्यका, बनेपा र धुलिखेललाई लक्षित गर्दै संचालनमा ल्याइएको फोरजी हाल देशको विभिन्न १९ शहरमा प्रदान गर्दै आएको छ । थप सात सय टावर जडान गरेपछि एनसेलले फोर जी सेवालाई अझै बिस्तार गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...