फ्रेस हाउस सञ्चालन गरेर मासिक डेढ लाख आम्दानी

  • पाँचथर ।
पाँचथरको सदरमुकाम फिदिम बजारमै फ्रेस हाउस सञ्चालन गरेर एक व्यक्तिले मासिक रू एक लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् ।

फाल्गुनन्द गाउँपालिका–६ का देवराज कुरुम्बाङले दुई वर्षअघि पूर्वाञ्चल फ्रेस हाउस सञ्चालन गरी उक्त रकम कमाउन सफल भएको बताए।

उनले भने, “वैदेशिक रोजगारीमा जाँदा पनि भनेजस्तो काम नपाउँदा दुःखमात्रै पाइने भएको हुँदा स्वदेशमै व्यवसाय गरेको हुँ ।”

बजारमा व्यवस्थित मासु पसल सञ्चालन हुन नसकेको र माग बमोजिमको मासु अन्य फ्रेस हाउसले सेवाग्राहीलाई मासु उपलब्ध गराउन नसकेको हुँदा आफुले उक्त ब्यबसाय रोजेको देवराज बताउछन् ।

उनले व्यवसायभन्दा यस व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले फ्रेस हाउस सञ्चालन गरेको र यसलाई ताप्लेजुङको फुङ्लिङ बजारमा पनि बिस्तार गर्ने लक्ष्य रहेको कुरुम्बाङ बताउछन् ।

उनले गरेको व्यवस्थित फ्रेस हाउस देखेर पशुपक्षी मन्त्रालयले रु १० लाख अनुदानसमेत दिइसकेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...