एमाले र चुरेभावर पार्टीबीच आज एकता हुँदै

  • काठमाडौं ।
नेकपा एमाले र चुरेभावर राष्ट्रिय एकता पार्टीबीच शनिबार (आज) पार्टी एकता हुदैछ । दुवै दलबिच यसअघि नै पार्टी एकता गर्ने सहमति भइसकेको छ ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा दिउँसो साढे १२ बजे पार्टी एकताको घोषणा गरिने एमालेका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् । 

त्यस्तै पशुपतिशम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले पनि पार्टी एकीकरणको तयारी गरेका छन् ।

मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सहभागी हुने विषयमा प्रजातान्त्रिकका अध्यक्ष राणा र राष्ट्रवादीका अध्यक्ष डा. लोहनीले दुई पार्टी एकीकरणका लागि छलफललाई तीब्रता दिएका हुन् ।

२०७४ असोज २८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...