साथीको भाउजु जिस्काउँदा दशैंमा मान बहादुरको ज्यानै गयो

  • घोराही । 
दाङमा दशैंको अघिल्लो दिन घोराही उपमहानगरपालिका २ सुर्केडाँगीमा असोज १३ गते राति २९ बर्षीय मनबहादुर खत्रीको हत्या उनकै साथी मनोज चौधरीले गरेको खुलेको छ।

मनोज चौधरीको घरमा दुबै जनाले मादक पदार्थ सेवन गरेको र मदिराले मात्तिएर खत्रीले मनोजकी भाउजुलाई जिस्काएपछि विवाद बढ्दै जाँदा घटना हुन पुगेको दाङकी प्रहरी प्रमुख (एसपी) दुर्गा सिंहले जानकारी दिइन् । 

आफ्नो भाउजुलाई जिस्काएपछि मनोजले सुर्केडाँगीको चेपे सोतामा रहेको पुलबाट खसाएर खत्रीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दियो ।

पुलबाट धकलेर खसाली ढुंगाले हानेर हत्या गरेको पक्राउ परेको चौधरीले प्रहरीमा बयान दिएका छन् । बाग्लुङ हटिया ६ घर भएका मृतक खत्री गएको भदौ २ गते रामपुरको बुकामा ससुराली आएका थिए । 

प्रहरीले घटना स्थलमा चप्पल भेटाएको र उक्त चप्पल मनोज चौधरीको भएको परिवारबाटै पुष्टि भएको थियो । हत्याको अभियोगमा पक्राउ परेका चौधरीलाई कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइएको छ । चौधरी अहिले प्रहरी हिरासतमा छन्।

, ,

प्रतिकृया दिनुहोस्

Loading...