उपसभामुख यादव यसकारण एमालेमा गए ! थाहा पाउनुहोस् रहस्य

  • काठमाडौं ।
संसदको आयु सकिएसँगै निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

राप्रपाको तर्फबाट व्यवस्थापिका संसदको उपसभामुखमा निर्वाचित भएका यादव आइतबार विहानै एमालेमा प्रवेश गरेका हुन् । विशेषगरी उनि एमालेमा प्रबेश गर्नुको रहस्य भनेको मधेसबाट चुनाव लड्न पाउनु भएको स्रोतले बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित कार्यक्रममा यादवले आफू कम्युनिस्ट विचारबाट प्रभावित भएको भन्दै एमालेमा प्रवेश गरे ।

‘एमाले अध्यक्ष केपी ओली एक नम्बर राष्ट्रवादी र विकासवादी नेता हुनुहुन्छ, म राप्रपामा हुँदा कमल थापाले पनि यसरी नै समीक्षा गर्नुभएको थियो,’ यादवले थपे, ‘तर कमलजी कांग्रेससँग गठबन्धन गर्न जाँदा चित्त बुझेन ।’

यादवले ठूलो पार्टीमा काम गर्ने इच्छा स्वभाविक भएको बताउँदै भने, ‘भ्यागुत्तो जसरी पोखरी, इनार हुँदै समुद्रमा जान्छ, म पनि सानो पार्टीबाट एमालेजस्तो ठूलो पार्टीमा आएर काम गर्न चाहन्छु ।’ संसदको अवधि शनिबार मध्यरात मात्र सकिएको थियो ।

२०७४ असोज २९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...