२ हप्ता नबित्दै बाम गठबन्धनभित्र मच्चियो खैलाबैला, बाबुरामले प्रचण्डलाई दिए यस्तो चेतावनी !

  • काठमाडौं ।
एमाले, माओवादी र नयाँ शक्तिको ‘बाम गठबन्धन’ भित्र खैलाबैला मच्चिएको छ । गठबन्धन बनेको २ हप्तामै नयाँ शक्ति पार्टीका संयाेजक डा. बाबुराम भट्टराई बाम गठबन्धन नै छाड्ने अवस्थामा पुगेका छन् । 

केहि समयअघि मात्र एमालेसँग एकता गर्ने भन्दै माओवादी केन्द्र र एमालेसँगको बाम गठबन्धनमा सामेल भएका भट्टराईले आफुलाई गोरखाबाटै चुनाव लड्न नदिए गठबन्धन छाड्ने बताएका हुन् ।

गोरखामा प्रतिनिधिसभाका दुवै सिट माओवादीले बाबुरामलाई नदिने अडान राखेका बेला उनले गोरखाबाटै चनाव लड्ने अड्डी कसेका हुन् । प्रचण्डले आफुलाई गोर्खाबाट चुनाव लड्न नदिए बाम गठबन्धन नै परित्याग गर्ने भट्टराईको चेतावनी छ ।

एमालेको सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामलाई माओवादीले गोरखाबाट नारायणकाजीलाई उठाउने निर्णय गरेपछि सिट बाँडफाँड गर्न गठित कार्यदल समस्यामा परेको छ ।

बाबुरामले गोरखा १ वा २ बाट चुनाव लड्ने बताएका छन् । माओवादीले गोरखा २ मा नारायणकाजी श्रेष्ठ उठाउने अडान लिएपछि बाबुराम १ मा भए पनि लड्न तयार थिए ।

बाबुरामले गोरखा क्षेत्र नपाए गठबन्धन छोडेर एक्लै आँखा चुनाव चिन्ह लिएर मैदानमा उत्रिन कार्यकर्ताले सुझाव दिइसकेका स्रोतले जनाएको छ ।

‘बाम गठबन्धन’ बीच आगामी निर्वाचनमा कसलाई कति सिट छुट्याउने भन्ने निर्णय गर्न कठिन परेको छ ।

यसअघि ६० ÷४० को नीतिअनुसार भागबण्डा मिलाउने बताएका ती दलले गठबन्धन घोषणापछि कार्यदल बनाएर सहमति जुटाउन जिम्मेवारी दिएका थिए ।

बिहीबार कार्यदल बनाएर सिट र क्षेत्र बाँडफाँडको जिम्मेवारी तोकिएपनि औपचारिक रुपमा कर्यदलस्तरको बैठक एक पटक बाहेक बस्नै सकेको छैन ।

२०७४ असोज २६ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...