निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

  • काठमाडौं ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएको छ । काठमाडौंको बानेश्वर खरिबोटमा गौचनमाथि अज्ञात समूहले सोमबार दिउँसो गोली हानेको थियो । 

उनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । बा १३ ४९४८ नम्बरको गाडीमा सवार गौचनको पेटमा दुईवटा गोली लागेको थियो । उनीमाथि गाडीको अगाडिको शिसाबाट गोली प्रहार गरिएको थियो ।

गौचनलाई गोली प्रहार गर्ने समूहबारे अहिलेसम्म कुनै तथ्य फेला नपरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र सोधपुछका लागी गौचनका गाडी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...