माओवादीले छोड्ने भयो सरकार, सोमबार पत्रकार सम्मेलन गरेर बाहिरिदै

  • काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज दिउसो सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिने बताइएको छ ।

प्रधानमन्त्री देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको बताइएको छ ।

माओवादीले वाम गठवन्धनमा भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएको थियो । देउवाले राप्रपालाई सरकारमा सामेल गराएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...