नेकपाले किन गर्‍यो काेशी ब्यूरो इन्चार्ज नविनमाथि कारवाही ? यस्तो छ कारण

  • काठमाडौं । 
नेपाल कम्युनिष्ट पार्टीले कोशी ब्यूरो इन्चार्ज राजेन्द्र कार्की ‘नविन’ लाई कारवाही गरेको छ । 

पार्टीको नीति र सिद्धान्त विपरित गतिविधिहरु गरेका कारण नबिनमाथि कारवाही गरेको नेकपाका एक पोलिट्ब्युरो सदस्यले इमान्दार मिडियालाई जानकारी दिएका छन् । 

‘विगत केही समयदेखि पार्टीको काम जानुको साटो काठमाडौं र पूर्वका विभिन्‍न ठाउँहरुमा पार्टीविरुद्ध गतिविधि गरेका कारण कारवाही गरिएको हो’ उनले भने ।

पार्टीको केन्द्रीय सदस्य समेत रहेका नविनलाई निश्काशन गरेको नेकपाले जनाएको छ । कार्कीले अाजै माओवादी केन्द्रमा प्रवेश गरेको स्रोतको दाबी छ ।

२०७४ असोज ३१ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...