पूर्वप्रधानमन्त्री खनाल इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjNA6dGAAB-eI0kVwB0FXxV68lWXe27LkFh8w2rQO2fc7mJadVzu-fgH4cstE7EgmpaWNuWC8eVI9kzO1FgucCAbOldBqFC4UYCOJCpDfzKk1KHruGSDPNhewMCsJju8dlEuGnEKPxADHwO/s640/Jhalanath-Khanal-Nepal-Minister.jpg)
- इलाम।
नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने उद्घोष गरेका छन् ।
नेता खनालले इलाम क्षेत्र नं १ बाटै आफूले राजनीतिक यात्रा शुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यहीँबाट चुनावमा उठ्ने विचार व्यक्त गरे ।
त्यस्तै इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले चुनाव लड्ने घोषणा गरेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...