एमाले, माओवादीसंगै मिसियो नयाँ शक्ति, चुनावमा तालमेल, त्यस लगत्तै पार्टी एकता

  • काठमाडौं ।
नेकपा एमाले, र माओवादी केन्द्रबीच मात्र हुने भनिएको चुनावी तालमेल तथा पार्टी एकतामा नयाँ शक्ति नेपाल पानी मिसिएको छ ।

राष्ट्रिय सभागृहमा आयोजना गरिएको सयुक्त पत्रकार सम्मेलनमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पनि एकाएक सहभागी भएको हो।

तिन वटा पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमती गर्दै ६ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले यो सहमतिलाई ऐतिहासिक भनेका छन् ।

सहमतिपत्रमा एमाले, माओवादी र नयाँ शक्तिका मुख्य नेताहरुले हस्ताक्षर गरेका छन् । तीन दलले अन्य कम्युनिष्ट तथा वामपन्थी पार्टीलाई एकीकरणमा आउन आहृवान पनि गरेका छन् । 

पार्टी एकताका निम्ती संयोजन समिती गठन

तीन पार्टीबीच आगामी चुनाव लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति भएको छ । यसका लागि ८ सदस्यीय पार्टी एकता संयोजना समिति गठन गरिएको छ । समितिमा एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहनेछन् ।

पार्टी एकीकरणको संयोजन समितिको प्रमुख नेतामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड रहनेछन् ।

पार्टी एकताको खाका र कार्ययोजना बनाउनुका साथै सहमति हुन बाँकी विषयहरु टुंग्याउने जिम्मेवारी पाएको यो समितिले सहमतिका आधारमा निर्णय गर्नेछ । साथै पार्टीको नीति कार्यक्रम घोषणापत्र बनाउन दस्ताबेज मस्यौदा समिति बनाउने सहमति भएको छ ।

२०७४ असोज १७ गते प्रकाशित 

, ,

प्रतिकृया दिनुहोस्

Loading...