स्याङ्जामा सुरु भयो चुनावी चर्चा, यस्तो छ उमेदवारका आकांक्षीको सुची

  • स्याङ्गजा ।
स्थानीय तहको निर्वाचन सकिए लगत्तै पुनः संघ र प्रदेश निर्वाचनको रन्कोले देश तताउन सुरु गरेको छ । यस्तै स्याङ्जामा एमाले, कांग्रेस, माओवादी र नयाँ शक्तीले आफ्ना उम्मेदवार छनोटको लागी जिल्लाबाट केन्द्रमा नाम सिफारिस गर्नु पूर्व नै उम्मेदवार को बन्ने भन्ने चर्चा हुन् थालेको छ ।

दुईवटा संघ र चारवटा प्रदेश रहेको स्याङ्जामा क्रियाशिल राजनैतिक दलहरुबाट संघ र प्रदेशका उमेदवार आकांक्षीहरु धेरै देखिएका छन् । यी मुख्य दलहरु बीच उम्मेदवारको चर्चा चल्न थालेको छ।

निर्वाचनमा नेपाली कांग्रेसबाट संघमा १ नम्वर क्षेत्रबाट केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ र प्रत्यक्ष सांसद राजु थापाको नाम चर्चामा रहेको छ भने २ नम्बरमा प्रत्यक्ष सांसद कमल पंगेनी, केन्द्रिय सदस्य धनराज गुरुङ र पुर्व सांसद मोहन पाण्डेको चर्चा रहेको छ ।

त्यसैगरी नेकपा एमालेबाट संघको १ नम्बर क्षेत्रमा प्रदेश सदस्य नारायण प्रसाद मरासीनी र सांसद डा. गणेशमान गुरुङ् तथा २ नम्बरमा केन्द्रिय सदस्य पद्मा अर्याल र कृष्ण खाणको चर्चा चलेको छ ।

त्यस्तै माओवादी केन्द्रबाट १ नम्बरमा पार्टी जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे रवाइसिएल नेपालका नेता सुवास पौडेलको चर्चा चलेको छ । क्षेत्र नं २ बाट माओवादीका जिल्ला अध्यक्ष पारस गैह्रेकोको चर्चा रहेको छ । नयाँ शक्तिबाट १ नम्बरमा शोभाखर ढकाल र २ बाट टिकाराम रेग्मीको नाम चर्चामा छ ।

क्षेत्र न १ को प्रदेश नं १ मा नेपाली कांग्रेसबाट १ नम्बरमा देवी अर्याल, भरत लम्साल, मेखलाल श्रेष्ठ, गोविन्द कर्मचार्य, चन्द्रमणी पौडेल र २ नम्बरमा तुलसी गिरी, प्रेमराज पौडेल, गोविन्द रानाभाट र कुमार रानाको चर्चा चलेको छ ।

त्यस्तै क्षेत्र नं २ को प्रदेश १ मा सरस्वती तिवारी, भोजराज अर्याल, सुर्यप्रसाद रेग्मी, अर्जन प्रकाश अर्याल र २ मा प्रकाश मल्ल, भुमा पाण्डे, लक्ष्मीकान्त रेग्मी, इश्वर खाणँ, श्याम बस्याल र गुरु भट्टराईको नाम चर्चामा रहेको छ ।

एमालेबाट क्षेत्र नं १ को प्रदेश १ मा जिल्ला अध्यक्ष मिन गुरुङ् र हर्कबहादुर गुरुङ्, २ नम्बरमा प्रेमनारायण पौडेल, विश्व पौडेल, महाप्रसाद सुवेदी, अर्जुन ढकाल, गुणाखर सापकोटा, अनन्त श्रेष्ठले टिकको दाबी गरेका छन् ।

क्षेत्र नं १ को प्रदेश २ का एमाले आकाक्षी प्रेम पौडेल पुराना नेता हुने भने बिश्व पौडेल क्षेत्रिय अध्यक्ष श्रेष्ठ क्षेत्रि सचिब र ढकाल जनसास्कृतिक महासंघका प्रदेश सल्लाहकार हुन् ।

क्षेत्र नं २ को प्रदेश १ मा मोहन रेग्मी, चक्रबहादुर पराजुलीले दाबी गरेका छन् भने २ नम्बरमा रामचन्द्र भट्टराई, पुण्य भुषाल र ढाकाराम अर्यालको नाम चर्चा चलेको छ ।

प्रदेश २ मा भुसाल र अर्याललाई समानुपातीकमा उठाएर जिल्ला उपसचिब भट्राईलाई उम्मेदवार बनाउने एमाले भित्री निर्णय भएको श्रोतले बताएको छ ।

माओबादी केन्द्रमा क्षेत्र नं १ को प्रदेश १ मा इश्वरी अर्याल र नन्द बहादुर थापा र २ मा लक्ष्मी पौडेल र कृष्ण बन्दु पौडेलको नाम चर्चामा रहेको छ ।

त्यस्तै क्षेत्र नं २ को प्रदेश १ मा प्रकाश न्यौपाने, कल्पना अर्याल, हुम बहादुर गुरुङको नाम अगाडी रहेको छ भने प्रदेश २ मा हरि अर्याल, नारयण अधिकारीको नाम चर्चामा रहेको छ ।

नयाँ शक्तिमा क्षेत्र नं. १ को प्रदेश १ मा पोमनारायण अर्याल र २ मा कमला गुरुङ र ख्यामनारायण ढकालको नाम बाहिर आएको छ भने क्षेत्र नम्बर २ को प्रदेश १ मा जगदिश गैह्रेको र २ मा रुकविर विकको नाम चर्चामा छ।

२०४८ मा चार निर्वाचन क्षेत्र रहेको स्याङ्जामा चारवटै क्षेत्र कांग्रेसले जितेको थियो भने २०५१ सालमा तिन निर्वाचन क्षेत्र भए पश्चात तिनै क्षेत्र एमालेले जितेको थियो । २०५६ को निर्वाचनमा १ मा एमालेले जितेको थियो भने २ र ३ मा कांग्रेसले जितेको थियो ।

२०६४ को चुनावमा १ मा एमाले तथा २ र ३ कांग्रेसले र २०७० को चुनावमा १ र २ कांग्रेसले र ३ मा एमालेले जितेको थियो भने माओबादी केन्द्र तेस्रो स्थानमा रहेको थियो ।

त्यस्तै स्थानिय तह निर्वाचनमा दुई नगरसहित ७ तहमा एमालले जितेको थियो भने ३ नगर सहित ४ तहमा काग्रेसले जितेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...