यि हुन् अर्थमन्त्री कार्कीको क्षेत्रबाट कांग्रेसले सिफारिस गरेका उम्मेदवारहरु

  • काठमाडौं।
नेपाली काँग्रेस महेन्द्रनगर सुनसरीले आउदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनका लागि नाम सिफारिस गरेको छ ।

गांउइकाई सभापति रत्नबहादुर राईको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फकालागि केन्द्रीय सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्ब सभापति रामबहादुर बस्नेत, जमिल अख्तर अन्सारी, बाबुराम आचार्य, डिल्ली कार्की, बुनुलाल यादब नाम सिफारिस गरेको छ ।

प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ रेवतीरमण दुलाल, तेजप्रसाद सुबेदी, अनु गुरुगं, शुसिला खनाल, सुरेन्द्र गुप्ता, मो.नईम अन्सारीको नाम सिफारिस गरिएको छ ।

समानुपातिक प्रतिनिधिसभाका तर्फबाट बाबुराम बिष्ट, मो. नईउद्दिन खां, ओम कुमार पाठक, दुर्गादेवी खरेलको नाम सिफारिस भएको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ मा.शुर्यदेब उरावको नाम एकल रुपमा सिफारिस भएको छ । सचिब खेम थापा र कोषाध्यक्ष तीर्थ भट्टराईसहित कार्यसमितका अत्याधिक बहुमत सदस्यको उपस्थिति भएको सभापति राउतले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...