प्रचण्ड कमरेड बालकृष्ण ढुंगेलहरुलाई समातेर जेल हालिन्छ की रक्षा गरिन्छ ?

  • काठमाडौं ।

नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल हुँदै पार्टी एकता गर्ने घोषणा गरेपछि राजनीतिक बहस चुनावको अंक गणित भन्दा अलि पर सरेको छ । चुनावी मैदानमा पुगेका सबै पार्टीका नेता-कार्यकर्ताहरु भनिएको बाम एकताले निम्त्याउन सक्ने परिणामबारे छलफलमा जुटेका छन् ।

यो एकताले एमालेलाई ऊर्जा थपेको छ भने माओवादी केन्द्रका कार्यकर्ताहरुलाई निरासा ल्याएको छ । उनीहरुले नेतृत्वले अात्मसमर्पण गरेको भन्दै माओवादी केन्द्र एमालेमा विलय भएको बताउँन थालेका छन् । जनयुद्धकै एेजेण्डाले देशमा परिवर्तन भयो तर एमालेलाई केन्द्रमा राखेर बाम एकता गर्दा माओवादी कार्यकर्ताहरु चिन्तित र निरास हुनु स्वाभाविक हो ।

माओवादी केन्द्रका एक जना वरिष्ठ नेताले पनि त्यस्तै चिन्ता व्यक्त गरेका छन् । सचिवालय सदस्य नारायण शर्माले ८ ओटा प्रश्‍नको जवाफ नेतृत्वसँग मागेका छन् । हुन त उनले एक जना विद्वानले भनाई भनेर सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन् । ती प्रश्‍नको उत्तर नअाएका कारण जवाफ मागेका छन् ।

नेता शर्माले कम्युनिस्टहरुबीच एकता हुनु ठिकै भएपनि त्यो भन्दा पहिले यी प्रश्नको जवाफ अाउने पर्ने बताए । उनले पहिलो नम्बरमा जनयुद्ध अब अातंककारी गतिविधिमा दर्ज हुने चिन्ता व्यक्त गरेका छन् भने अन्तिममा मार्क्सवाद, लेनिनवाद, माओवाद मान्‍न पाइने कि नपाइने भन्दै नेतृत्वलाई प्रश्‍न गरेका छन् ।

यस्ता छन् नेतृत्वलाई सोधिएका प्रश्‍नहरु 

१ जनयुद्ध, जनयुद्ध नै रहन्छ कि आतंककारी गतिविधिमा दर्ज हुन्छ ?

२ जनयुद्धका शहिद, शहिद नै रहन्छ्न कि आतंकवादीमा दर्ज हुन्छ्न ?

३ अबको यात्रा समाजवाद हुन्छ कि सोसल डेमोक्रेसी ?

४ अब समाजवादको यात्रामा बल प्रयोगको समाजवादी सिद्धान्तले ठाउँ पाउँछ कि पाउँदैन ?

५ अबको समाजवादको मोडेल कस्तो हुनेछ ?

६ जनयुद्धकालिन मुद्दाले लखेटेर हैरान पारिएका बालकृष्ण ढुंगेलहरुलाई समाएर बुझाइन्छ कि रक्षा गरिन्छ ?

७ मधेसी दलित जनजाति आदिबासी र गरिबहरु को पहिचान के हुन्छ ?

८ मार्क्सवाद, लेनिनवाद, माओवाद मान्न पाइन्छ कि पाइदैन ?

एमालेसँग एकता सहमतिअघि कुनै छलफल नभएको र यसअघि एमालेले जनयुद्धका सबै गतिविधिलाई अातंकारी गतिविधि देख्ने गरेकाले माओवादी केन्द्रका कार्यकर्तालाई चिन्तित र निरास बनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...