चार बजेको आलराम लगाएर सुतेका सुर्यलाई श्रीमतीले रुदै तिन बजे नै ब्युझाएपछि (भिडियोसहित)

  • पर्वत । 
नेपाली गीत सगीतको बजारमा आफुलाई परदेशी गायकको रुपमा स्थापित गर्न सफल गायक सुर्य खड्काको आवाजमा नयाँ मर्मस्पर्शी गीत चार बजेको आलाराम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको केहि घण्टा नपुग्दै हजारौंले हेरेको गीतले सबैबाट राम्रो प्रशंसा समेत पाएको छ । आवाजको माध्यमबाट सबैलाई जादु छरेका गायक खड्काले यो गीतमा अभिनय समेत गरेका छन । उनको अभिनयलाई समेत सबैले मन पराएका छन ।
परदेश हिड्ने अघिल्लो रातीमा 
रुदाँ रुदैँ निदाईथ्यो छातीमा 
चोखोमा दिल मै सिमित
चार बजेको आलराम लाको थे
तिन बजे नै डाको छोडि रोईथ्यो तिमी त ।।। 

जस्ता निकै मार्मिक शब्दहरुले गित सुन्ने सबैको आखाँमा आसु ल्याउन सफल भएको छ । सुर्य खड्का र जुना श्रीसको आवाज रहेको सो गीत घर छोडेर प्रदेश जाने नेपालीहरुको पिडालाई कलात्मक रुपले प्रस्तुत गरेको छ ।

गीतमा पछिल्लो समयका लोकप्रिय सर्जक तथा संगीत संयोजक सागर विरहीले लय सिर्जना तथा संगीत संयोजन गरेका छन भने गीतको उत्कृष्ट शव्द सिर्जना प्रकाश गौतम र तिलकराम अधिकारीले गरेका हुन ।  गीतको म्युजिक भिडियो निर्देशन स्मृति तिमिल्सिनाले गरेकी हुन ।

गीतको म्युजिक भिडियो हेर्नुहोस


,

प्रतिकृया दिनुहोस्

Loading...