फेसबुकले ल्यायो झुटो समाचार पत्ता लगाउने फिचर, परीक्षण सुरु


फेसबुकको प्रोडक्ट म्यानेजर एन्ड्रियू एंकर, सारा सू र जेफ स्मिथले संयुक्त ब्लग पोस्टमा भनेका छन्, ‘हामी एउटा बटनको परीक्षण गरिरहेका छौं, जसबाट प्रयोगकर्ताहरुलाई कतै ननिस्किई सजिलै अतिरिक्त सूचना हासिल हुन सक्छ।’

अतिरिक्त सूचना फेसबुक र दोस्रो स्रोतबाट लिइनेछ । यस्तो सूचना उपलब्ध नहुने केही सन्दर्भमा फेसबुकले त्यसबारेमा बताउने जनाइएको छ।

कसरी प्राप्त हुन्छ सूचना ?

नयाँ अपडेटपछि फेसबुकको न्युज फिडमा आउने समाचार तथा लेखसँगै एउटा बटन देखिनेछ । यसमा क्लिक गरेपछि सो समाचारको वास्तविक स्रोतको बारेमा पूरा जानकारी पाइनेछ।

बटनमा क्लिक गरेसँगै न्युज पब्लिसरको विकिपिडिया पेज खुल्नेछ । यदि समाचार प्रकाशन गर्ने स्रोतको विकिपिडिया पेज छैन भने फेसबुकले दोस्रो स्रोतको रुपमा पब्लिसरको प्रोफाइल प्रयोगकर्तालाई उपलब्ध गराउनेछ।

समाचारसँग सम्बन्धित अरु समाचार पनि देखिने

यो बटनसँगै त्यो समाचारसँग सम्बन्धित अरु समाचार पनि देखिनेछ । जसले फेसबुक प्रयोगकर्ताले त्यो समाचार कुन मिडियाबाट प्रकाशन भएको भनेर थाहा पाउन सक्नेछन् । फेसबुकलाई त्यो समाचार फेक हो भनेर शंका लागेमा यस्तो हुनेछ।

विकिपिडियामा रहेका गलत जानकारीका बारेमा पनि फेसबुक सजग देखिएको छ । उसले यसबारे विकीपिडियासँग कुरा गरिरहेको बताएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्

Loading...