युवा नेता रावत दैलेखबाट प्रदेश सभा सदस्यमा सिफारिस

  • काठमाडौं ।
नेकपा (माओवादी) केन्द्र दैलेखले प्रदेश सभा सदस्यका लागी दैलेखबाट युवा नेता उपेन्द्र कुमार रावत 'सुशील'को नाम सिफारिस गरेको छ । उनलाई दैलेख निर्वाचन क्षेत्र नं २ बाट प्रदेश सभा सदस्यका उम्मेदवारको लागी नाम सिफारिस गरिएको हो ।

जनयुद्धकालमा ६ वर्षसम्म भूमिगत जीवन बिताएका रावतको नाम पार्टीमा सर्वसम्मत सिफारिस गरिएको जिल्ला पार्टीले जनाएको छ । माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिती सदस्य समेत रहेका रावतले वि.स २०५० सालबाट विद्यार्थीसंगठनमा आबद्ध हुदै राजनिती शुरु गरेका थिए ।

बामपन्थी पारिवारिक पृष्ठभुमि भएका उपेन्द्र कुमार रावत २०४६ साल को आन्दोलनपछि घरपरिवार नै कम्युनिस्ट पार्टीमा लागेकाले उनि सानैदेखि कम्युनिष्ट राजनीतिकमा संलग्न थिए ।

यस्तो छ रावतको राजनीतिक जीवन

२०५० सालबाट बिद्यार्थी संगठनमा आबद्ध हुदै राजनीति सुरु गरेका रावतले २०५४ देखि २०५५ सम्म अध्ययनका साथै शिक्षण पेशामा पनी आबद्ध थिए । जनयुद्ध जारी रहेकै बेला रावत २०५५ देखि २०५८ सम्म क्याम्पसको विद्यार्थी राजनितिमा होमिएका थिए।

२०५८ बाट भुमिगत राजनीति सुरु गरेका रावतले झण्डै ८ बर्ष भुमिगत जीवन बिताएका थिए । उनले राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।

सहयात्रीको नजरमा मिजासिला रावत

प्रदेश सभा सदस्यमा नाम सिफारिस भएसंगै पुनः चर्चामा आएका रावतलाई उनका जनयुद्धका सहयात्रीले मिजासिलो स्वाभाव भएका मिलनसार नेताको रुपमा चिन्छन्।

इमान्दार मिडियासँग कुरा गर्दै माओवादी केन्द्रका एक नेताले भने-'उपेन्द्र कुमार रावतलाई दैलेख क्षेत्र नं २ का जनताले प्रदेश सभा सदस्यमा विजयी गराउने छन्।'

क्षेत्रमा राजनीतिक स्थिरताका साथै क्षेत्रको विकासको गतिलाई  तिब्रता दिन रावतको बिजयी अनिबार्य भएको माओवादीका स्थानियाकार्यकर्ताहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Loading...