- इटाली, ११ कात्तिक ।
इटालीको मकेराटा क्षेत्रमा पर्ने मार्केमा बुधबार साँझ यस बर्षको दोस्रोे ठूलो भूकम्प गएको छ ।
स्थानीय समय अनुसार राती ९.१८ बजे ५.९ रिक्टर स्केलको भूकम्प गएको इटालीको र भूकम्प तथा ज्वालामुखी विभागले जनाएको छ ।
उमब्रिया क्षेत्रको राजधानी पेरुग्य र मकेराटाकोवीचमा पर्ने भालनेरिना उपत्यकालाई केन्द्रविन्दु बनाएर करिब नौ किलोमिटर गहिराईबाट भूकम्प गएको विभागले जनाएको छ ।
भूकम्पका कारण स्थानीय बासिन्दा त्रसित भएका छन् । जहाँ दुई महिना अगाडी पनि निकै शक्तिशाली भूकम्प गएको थियो ।
सो ठाउमा भूकम्पका कारण केही घरहरु भत्किएका छन् भने एक जना घाईते भएका बताइएको छ । घटनामा परेर कसैको निधन भएको खवर अहिले सम्म नआएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
भूकम्पको पराकम्पन आउन सक्ने त्रासले घर छाडेकाहरुलाई बस्नका लागि टहराहरु बनाइएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै सरकारी संचार माध्यमहरुले जनाएका छन् ।
दुवै भूकम्प मार्के क्षेत्र सहित पेरुग्य र एन्कोलका सहरहरुमा र राजधानी रोममा समेत महशुष गरिएको थियो । राजधानी रोम भूकम्पको केन्द्रविन्दु रहेको ठाउदेखि झण्डै २३० किलोमिटर टाढा पर्दछ ।
लामो युद्धको चपेटामा परेको इराकले कयौं दशकदेखि सैनिक शासन पनि भोगेको छ । तर, यहाँका मान्छेहरु सबै भन्दा दयालु हुन्छन् ।
सीएएफ वल्र्ड गिविंग इडेक्स २०१६ का अनुसार इराकका मान्छेहरु अपरिचित मान्छेहरुसंग सबै भन्दा बढी उदार हुन्छन् । त्यहि म्यानमारका मान्छेहरु सबै भन्दा बढी दान गर्छन् ।
पछिल्लो एक महिनामा दशमा आठ इराकीहरुले आफूले चिन्दै नचिनेका मान्छेहरुको सहयोग गरे । लीबियाका मान्छेहरुपनि सहयोग गर्नमा इराकीहरुको बराबर नै छन् ।
यहि एक महिनामा एशियाली देश म्यानमारमा ९१ प्रतिशत मान्छेहरुले पैसा दान गरे । यसको तुलनामा ६३ प्रतिशत अमेरीकी नागरिकहरुले पैसा दान गरे । ७३ प्रतिशत अमेरीकीहरुले कुनै अपरिचित मान्छेको सहयोग गरे ।
अमेरीका दयालुको सुचिमा दोस्रो स्थानमा छ । अनुसन्धानका अनुसार चीन सबै भन्दा कम दयालु देश मानिन्छ ।
म्यानमार पहिलो स्थानमा नै रहेको यो तेस्रो पटक हो । म्यानमारको कूल जनसंख्यामा आधा भन्दा बढी नागरिक सहयोगको लागि समय दिन्छन् । ६३ प्रतिशत नागरिकले अपरिचितको सहयोग गरे ।
अनुसन्धानका अनुसार म्यानमारमा ‘संघा दान’को परम्परा अनुसार थेरवाडा बौद्ध संम्प्रदायका धेरै मान्छेहरु मठमा बस्ने भिक्षुहरुलाई दान दिन्छन् ।
यूरोपमा अपरिचितको लागि समय, आर्थिक सहयोग र स्वेच्छाले सहयोग गर्नमा बेलायतका मान्छेहरु अगाडि छन् । सहयोग गर्ने बिषयमा मध्यपूर्व एशियामा संयुक्त अरब इमिरेट(दवई) अफ्रीकामा केन्या र ल्याटिन अमेरिकामा ग्वाटेमाला सबै भन्दा माथि छन् ।रातोपाटि
- बिबिसी, ९ कात्तिक |
पाकिस्तानको बलूचिस्तान प्रान्तको क्वेटा शहरस्थित पुलिस तालिम केन्द्रमा चरमपन्थीहरुले गरेको हमलामा कम्तीमा पनि ५० जवानको मृत्यु भएको छ । मर्नेको संख्या ५० भन्दा बढि हुनसक्ने आशंका जताइएको छ । हमलाको शिलशिला सिद्धिएपनि रातको अँध्यारोमा मर्नेको संख्याको सही जानकारी दिन सम्भव नभएको बीबीसीले जनाएको छ ।
हमलामा संलग्न तीन हमलाकर्ताको पनि मृत्यु भएको छ ।
बलूचिस्तानका गृहमन्त्री सरफराज बुगटीले संवाददातालाई अहिलेसम्म २० भन्दा बढि जवानको मृत्यु भएको पुष्टि भएको बताए । हमलामा करिब १ सय ६ जना घाइते भएका छन् ।
चरमपन्थी हमलाको जवाफी कारवाहीमा चार घण्टासम्म चलेको अप्रेसनमा पुलिस, फ्रन्टियर्स र अतंकवाद विरोधी अभियानका अधिकारी संलग्न थिए ।
सरफराज बुगटीले यसलाई चरमपन्थी आत्मघाती हमलाको संज्ञा दिँदै दुई जनाले आफैंलाई गोली होनेको र अर्को एकलाई पाकिस्तानी सेनाले गोली हानेको जानकारी दिए ।
यस्तै, आइजी एफसी मेजर जनरल शेर अफगानका अनुसार हमला गर्ने व्यक्तिको सम्बन्ध प्रतिबन्भित संगठन लश्कर–ए–झांगवीसँग थियो । उनीहरुलाई अफगानिस्तानले दिशानिर्देश गरिरहेको उनले बताए ।
घाइतेहरुलाई सिभिल अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिए । उक्त अस्पतालमा डाक्टरहरुको छुट्टी रद्द गरी उपचार थालिएकोसमेत उनले बताए ।
त्यहाँका सबै अस्पतालमा इमरजेन्सी घोषणा गरिएको छ । बीबीसी संवाददाता काजिमका अनुसार ज्यान बचाउनका लागि धेरै मानिसहरु झ्यालबाट हाम फाले जसका कारण घाइतेको संख्यामा वृद्धि भएको हो ।
स्थानीय च्यानल जियोका अनुसार बलूचिस्तानका मुख्यमन्त्री सनाउल्लाह जेहरीले शहरमा चरमपन्थीहरु छिरेको सूचना पाएपछि केही दिन यता त्यहाँ उच्च शर्तकता अपनाइएको थियो ।
शहरभन्दा १५ किलोमिटर टाढा रहेको उक्त पुलिस तालिम केन्द्रको होस्टेल २ सय देखि २ सय ५० एकडमा फैलिएको छ ।
बेइजिङ, १० असार ।
चीनमा गएको शक्तिशाली आँधीमा परेर ७८ जनाको मृत्यु भएको छ । झन्डै पाँच सय घाइते भएको र दुई सय जनाको अवस्था गम्भीर छ ।
पूर्वी चीनको जियाङग्सु प्रान्तमा आँधीका कारण धेरै मानिस प्रभावित भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जियाङग्यु प्रान्तको याचेंग शहरमा धेरै घर भत्किएका छन् । चीनको धेरैजसो भूभागमा यो हप्ता मुसलधारे वर्षा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस्तै चीनको मध्य क्षेत्रमा बाढी आउँदा २२ जना जनाको मृत्यु भएको र दुई लाख मानिस विस्थापित भएका छन् । (एजेन्सी)
लन्डन, १० असार ।
ब्रिटेन युरोपेली संघबाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात पारेको हो ।
जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले ब्रिटेनलाई ईयुबाट अलग राख्नुपर्ने पक्षमा मत दिएका हुन् । युरोपेली संघमा २८ युरोपेली देशको आर्थिक एवम् राजनीतिक साझेदारी छ ।
द्वितीय विश्वयुद्धपछि आर्थिक सहयोग बढाउन संघ निर्माण भएको थियो । यसको उद्देश्य एकसाथ व्यापार गरिरहेका देश एक अर्काविरुद्ध युद्ध गर्नबाट बचाउनु पनि थियो ।
त्यसबेलादेखि ईयु अहिलेसम्म एक बजारका रुपमा विकास भएको छ । (एजेन्सी)
सिरिया, ९ असार ।
सिरियाले त्यहाँ जारी गृहयुद्धका कारण ठूलो क्षति व्यहोर्दै आएको छ । मानवीय र भौतिक संरचनामा मात्र नभई गृहयुद्धका कारण सिरियाले एउटा पुस्ता नै गुमाउने अवस्था निम्तिएको एक अध्ययनले देखाएको छ ।
गृहयुद्धका कारण गाउँघरबाट युवा पलायन भएपछि मुलुकमा महिलाको उपस्थितीमात्र देखिन्छ । त्यसमा पनि विधवा र एकल महिलाको संख्या उल्लेख्य भएका कारण जन्मदरमा नकारात्मक असर देख्न थालिएको छ ।
सिरियामा अविवाहित युवतीको संख्या ७० प्रतिशतको हाराहारीमा पुगेको समाचार एजेन्सीहरुले जनाएका छन् । उनीहरुले विवाहका लागि दुलाहा पाउन नसकेको बताइएको छ । कतिपयले आफूभन्दा निकै पाको पुरुषसँग सम्बन्ध बनाउन थालेका छन् भने कोही एकल जीवनमै चित्त बुझाउन बाध्य छन् ।
लाखौं सिरियाली युवाले मुलुक छाडिसकेका छन् । सिरियामै रहेका युवाको एउटा ठूलो हिस्सा सेनामा छ भने कोही सशस्त्र विद्रोहमा संलग्न रहेको आरोपमा जेलमा छन् ।
सिरियाको युवा पुस्ताको भविष्य अहिले अन्धकारमय बनेको हो । उनीहरुको परिवार छिन्नभिन्न भएको र अधिकांश युवती अविवाहित रहनु परेका कारण भविष्यमा सिरियाले एउटा पुस्ता कै अभाव सामना गर्नुपर्ने विज्ञहरुको भनाई छ । (एजेन्सी)
वासिंटन, ९ असार ।
अमेरिकी संसदको तल्लो सदनमा करिब सयजना सांसद धर्नामा बसेका छन् । सत्तारुढ डेमोक्रेटिक पार्टीका करिब सयजना सांसद धर्नामा बसेका हुन् ।
समाचार एजेन्सीहरुका अनुसार अमेरिकामा बन्दुक बिक्री नियन्त्रण सम्बन्धी मुद्दालाई लिएर उनीहरु धर्नामा बसेका हुन् ।
बन्दुक खरिदकर्ताको व्यक्तिगत पृष्ठभूमि छानविन गर्नुपर्ने र संदिग्ध आतंककारीलाई त्यस्ता हतियार बिक्री पूर्णरुपमा रोक्नुपर्ने उनीहरुको माग छ ।
उनीहरु संसदको कारवाही जारी राख्न माग गरिरहेका छन् । संसदका अध्यक्ष तथा रिपब्लिकन नेता पाउल रेयानले डेमोक्रेटिक सांसदहरुको धर्नालाई ‘सस्तो लोकप्रियताको प्रयास’ भनेका छन् ।
राष्ट्रपति बाराक ओबामा बन्दुक नियन्त्रणका पक्षमा देखिएका छन् । तर हालै संसदले उनको प्रयासमा रोक लगाएको छ ।अमेरिकी संसद (कंग्रेस) मा रिपब्लिकन पार्टीको बहुमत छ । उनीहरु संसद बैठक अन्त्य गर्न माग गरिरहेका छन् ।
संसदभित्रै चलेको द्वन्द्वका कारण मूल ढोकासमेत बन्द गरिएको छ । धर्नामा बसेका सांसदहरुले आफ्ना गतिविधि सार्वजनिक गर्नका लागि ‘अनलाइन’ सम्पर्क बढाएका छन् । (एजेन्सी)
चन्डीगढ, ८ असार ।
भारतको चन्डीगढ राज्यका किसानले अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गर्न उनीहरुले रगतसहित प्रदर्शन गरेका हुन् ।
सरकारका नीति किसानविरोधी भएको उनीहरुको आरोप थियो ।
राज्य सरकार र केन्द्र सरकारले किसानको हक हितलाई ध्यान दिन नसकेको आरोप लगाउँदै किसानहरुले आफूहरुको माग बेवास्ता गर्दै मोदी योग दिवसका अवसरमा योगा गर्न व्यस्त भएको भन्दै नारावाजीसमेत गरेका थिए ।
उल्लेखनीय छ, मोदी मंगलबार योग दिवसका अवसरमा चन्डीगढमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । किसानहरु सडकमा विरोध प्रशर्दनमा उत्रिरहँदा मोदी भने योग गर्न व्यस्त थिए ।
प्रदर्शनमा उत्रिएका किसानहरुको नेतृत्व भारतको विपक्षी दल कांग्रेस आइले गरेको थियो । राज्यमा किसानहरुको आत्महत्या लगातार बढ्दै गएको भन्दै उनीहरुले नारावाजीसमेत गरेका थिए ।
कांग्रेस आइका नेता इन्द्रजित सिंह जिराले किसानहरुलाई सम्बोधन गर्दै राज्यमा ८ हजार किसानले आत्महत्या गर्दासमेत केन्द्र सरकार र राज्य सरकार मुकदर्शक भएको आरोप लगाए । (एजेन्सी)
करोडौँ युरो बराबरको सम्पत्तिको अवैध कारोबार गरेको आरोपमा चिनियाँ एक प्रभावशाली बैंक आईसीबीसीका ६ जना कर्मचारीे स्पेनमा पक्राउ परेका छन ।
पक्राउमध्ये तीन जनालाई एक लाख युरो धरौटी बुझाएमा रिहा गर्न सकिने स्पेनले बताएको छ ।
बाँकी अन्यलाई अनुसन्धानका लागि केही समय थुनामा राख्न म्याड्रिड पुनरावेदन अदालतले अनुमति दिएको छ ।
करिब चार करोड युरोको अवैध कारोबार गरेको शङ्कामा उनीहरुलाई बुधबार आईसीबीसीको म्याड्रिडस्थित शाखाबाट पक्राउ गरेका र शुक्रबादेखि अनुसन्धान सुरु गरिएको बीबीसीले जनाएको छ ।
चीनको उद्योग तथा वाणिज्य बैंकका कर्मचारीमाथि उक्त रकम तस्करी र राजस्व छली कारोबार गर्न खोजेको आरोप लगाइएको स्पेनी प्रहरीद्वारा जारी एक वक्तव्यमा जनाइएको छ ।
नयाँदिल्ली १० माघ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शनिबार भारतीय स्वतन्त्रता सेनानी सुवासचन्द्र बोसको जीवनसँग सम्बन्धित एकसयवटा गोप्य कागजात सार्वजनिक गरेका छन् ।
‘नेताजी’को उपनामद्वारा सम्बोधन गरिने भारतीय स्वतन्त्रता सङ्ग्रामका अग्रणी व्यक्तित्व बोस सन् १९४५, अगष्ट १८ पछि रहस्यपूर्ण तरिकाले बेपत्ता हुनुभएको थियो ।
उनको मृत्यु भएको थियो वा कसरी बेपत्ता भए भन्नेमा फरकफरक धारणा आउने गरेका छन् ।
नेताजीको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्रीद्वारा उनको सम्झनामा उच्च सम्मान व्यक्त गर्दै उनको जीवनको अन्तिम तथा रहस्यपूर्ण ‘बेपत्ता’ बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ उक्त घटनासँग सम्बन्धित एकसय दस्तावेज सार्वजनिक गरेको बताइएको छ ।
प्रधानमन्त्री मोदीले नेताजीलाई सम्झना गर्दैै शनिबार ट्विट गर्दै भन्नुभएको छ – “नेताजीको बहादुरी र राष्ट्रप्रेमले उनलाई भारतीयहरुले आगामी पुस्तौँ पुस्तासम्म पनि सम्झना गर्नेछन् भएंका छन ।
नेताजी सुवासचन्द्र बोसको जन्मोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा प्रम मोदीले नेताजीको जीवन सन्दर्भमा रहेका गोपनीय एकसय दस्तावेज शनिबारदेखि सार्वजनिक भएका बताए ।
यसबाट भारतीयले नेताजीका बारेमा बुझ्न थप मद्दत पुग्ने उनले बताए । उक्त अवसरमा नेताजीलाई सम्मान गर्दै भारतीय गृहमन्त्री राजनाथ सिंहले बोस भारतीय स्वतन्त्रता सङ्ग्रामका एक महान् नायक थिए भनेका छन्। पिटिआई
अमेरिका, १० माघ ।
अमेरिकामा दुई दिनदेखि सुरु भएको हिमपात र आँधीहुरीका कारण अमेरिकामा १९ जनाको मृत्यु भएको छ ।
शुक्रवारदेखि लगातार परेको हिमपात र आँधीहुरीका कारण ९ जना र बाँकी १० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको समाचार फक्सले जनाएको छ । हिमपातका कारण अमेरिकाको पूर्वी भूभागको जनजिवन प्रभावित भएको छ ।
एघार राज्यहरुमा संकटकाल घोषणा गरिएको छ । हिमपातले सबैभन्दा प्रभावित नर्थ क्यारोलिना राज्यमा झण्डै एक लाख ५० हजार जति घरमा विद्युत आपुर्ती बन्द भएको छ भने वासिङटन डिसीमा शुक्रबार दिउँसो देखि आईतबार सम्मका लागि सार्वजनिक यातायात ‘मेट्रो सब वे’ बन्द गरिएको छ ।
नर्थ क्यारोलिना देखि न्युयोर्क सम्म झण्डै साँढे ८ करोड मानिसहरु प्रभावित भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएको छ । सञ्चार माध्यमहरुमा हिउँबाट परेको विषयमा मात्रै लाईभ रिर्पोटिडहरु भैरहेका छन ।
पेन्सिलभेनिया, मेरिल्याण्ड, केन्टोकी, जर्जिया, टेनेसी, , थर्न क्यारोलिना, न्युजर्सी, न्युयोर्क, डेलवार भर्जि्निया र वासिंगटन डिसीमा संकटकाल घोषणा गरिएको छ ।
झण्डै २८ ईन्च सम्मको हिमपातका कारण दश वटा राज्यमा आपत्तकालीन स्थितिको घोषणा गरिएको हो । यहि अनुपातमा रहे त्यो हिउँ रातभरीमा ४८ इन्चसम्म हिउ पर्ने मौसमविद्हरुको पूर्वानुमान छ । अमेरिकामा सन् १९२२ मा २८ इन्चसम्म हिउ परेको इतिहास छ ।
प्रभावित राज्यहरुमा मानिसहरुलाई बाहिर ननिस्कन त्यहाँका गभर्नरहरुले सार्वजानिक अपिल गरेका छन् । सवैतिर नेसनल गार्डजस्ता आकस्मिक सेवाहरुलाई तैनाथ गरिएको छ ।
हिमपात सँगैको हावा हुरी, विद्युत आपुर्तीमा अवरोधले जनजिवन अस्तव्यस्त बनेको छ भने सो क्षेत्रमा शुक्रबार विश्वविद्यालय, विद्यालय बन्द भएका थिए ।
हजारौं आन्तरिक एवम बाह्य उडानहरु स्थगित भएका छन् । प्रतिकुल मौसमका कारण शुक्रबार ६ हजार तीन सय उडानहरु रोकिएका थिए भने शनिबार रातिसम्म थप पाँच हजार उडानहरु स्थगित गरिने छ ।
न्युयोर्क ।
अमेरिकी वित्त मन्त्रालयले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ। इरानले हालै गरेको मिसाइल परीक्षणपछि यो प्रतिबन्ध लगाइएको हो ।
नयाँ प्रतिबन्धअन्तर्गत इरानी मिसाइल कार्यक्रमसँग सम्बन्धित ११ वटा संस्था र व्यक्तिले अमेरिकी बैंकिङ सेवा प्रयोग गर्न पाउने छैनन् ।
यो प्रतिबन्ध आइतबार परमाणु कार्यक्रमको सन्दर्भमा इरानविरुद्ध जारी अन्तर्राष्ट्रिय प्रतिबन्ध अन्त्य भएको घोषणालगत्तै लगाइएको हो । प्रतिबन्ध अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी आईएइएको प्रतिवेदनपछि हटाइएको हो ।
प्रतिवेदनमा इरानले परमाणु हतियार बनाउन रोक्ने उद्देश्यले गरिएको सम्झौता पालना गरेको उल्लेख छ। प्रतिबन्ध हटेसँगै चार जना अमेरिकी–इरानी कैदीलाई रिहा गरिएको छ।
रिहा गरिएकाहरुमा वाशिङ्गटन पोष्टका रिपोर्टर जेसन रजाइयान पनि संलग्न छन् । यता अमेरिकाले सात इरानीलाई रिहा गर्ने बताइएको छ ।
नयाँ प्रतिबन्ध अक्टोबरमा इरानले राष्ट्रसंघीय प्रतिबन्ध उल्लंघन गर्दै परमाणु क्षमतासहितको ब्यालेस्टिक मिसाइल परीक्षणपछि लगाइएको हो । एजेन्सी
अमेरिकी वित्त मन्त्रालयले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ। इरानले हालै गरेको मिसाइल परीक्षणपछि यो प्रतिबन्ध लगाइएको हो ।
नयाँ प्रतिबन्धअन्तर्गत इरानी मिसाइल कार्यक्रमसँग सम्बन्धित ११ वटा संस्था र व्यक्तिले अमेरिकी बैंकिङ सेवा प्रयोग गर्न पाउने छैनन् ।
यो प्रतिबन्ध आइतबार परमाणु कार्यक्रमको सन्दर्भमा इरानविरुद्ध जारी अन्तर्राष्ट्रिय प्रतिबन्ध अन्त्य भएको घोषणालगत्तै लगाइएको हो । प्रतिबन्ध अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी आईएइएको प्रतिवेदनपछि हटाइएको हो ।
प्रतिवेदनमा इरानले परमाणु हतियार बनाउन रोक्ने उद्देश्यले गरिएको सम्झौता पालना गरेको उल्लेख छ। प्रतिबन्ध हटेसँगै चार जना अमेरिकी–इरानी कैदीलाई रिहा गरिएको छ।
रिहा गरिएकाहरुमा वाशिङ्गटन पोष्टका रिपोर्टर जेसन रजाइयान पनि संलग्न छन् । यता अमेरिकाले सात इरानीलाई रिहा गर्ने बताइएको छ ।
नयाँ प्रतिबन्ध अक्टोबरमा इरानले राष्ट्रसंघीय प्रतिबन्ध उल्लंघन गर्दै परमाणु क्षमतासहितको ब्यालेस्टिक मिसाइल परीक्षणपछि लगाइएको हो । एजेन्सी
काठमाडौं, २७ पुस ।
अफगानिस्तानी सुरक्षा फौजले दरक्वाद जिल्लालाई तालिवानी लडाकुको कब्जाबाट मुक्त गरेको दाबी गरेको छ । उक्त जिल्ला ताजकिस्तानको सीमामा रहेको छ ।
दरक्वाद जिल्लालाई मुक्त गर्ने क्रममा गरिएको कारबाहीमा ४० जना तालिवानी लडाकु मारिएको प्रान्तीय सैनिक प्रवक्तालाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
यसैबीच अफगानिस्तान, पाकिस्तान, चीन र अमेरिकाबीच तालिवानी मुद्धामा केन्द्रित भएर आज पाकिस्तानको इस्लामावादमा वार्ता हुदैछ ।
चार देशका प्रतिनिधि सम्मिलित वार्ता टोलीले तालिवानसँग रोकिएको शान्ति वार्ता पुनः शुरु गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
गत वर्षदेखि तालिवानले अफगानिस्तानमा हिंसात्मक गतिविधिलाई तीव्रता दिदै आएको छ । सन् २०१४ को डिसेम्बरमा विदेशी सेना फर्किएपछि अफगानिस्तानको सुरक्षा फौजले तालिवानसँग संघर्ष गर्दै आएको छ ।
काठमाडौँ २५ पुस ।
भारतको बिहारमा प्रहरी र माओवादीबिचको संघर्षमा पाँच जना माओवादीको ज्यान गएको छ ।
बिहारको राजधानी पटनाबाट झण्डै एक सय २० किलोमिटर दक्षिणमा रहेको औरंगावादको ढिबरामा केन्द्रीय रिजर्व पुलिस बल सिआरपिएफ र माओवादीबिच मुढभेड भएको हो ।
भिडन्तपछि गरिएको खोजिको क्रममा पाँच जना नक्सालवादीको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ । झडपको क्रममा एक जना प्रहरी हवल्दार पनि घाइते भएका छन् ।
एक एके ४७ तथा अरु केही हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार बेलुका भएको हो । त्यसक्षेत्रमा अहिले पनि छानबिन चलिरहेको छ ।
– एजेन्सी
काठमाडौँ २५ पुस ।
सिरियाको रक्कामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको एक कार्यकर्ताले आफ्नी आमाको हत्या गरेको छ ।
बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स र रक्का इज बिइङ स्लाटर्ड सायलेन्टली नामक संगठनका कार्यकताले आइएसको एक कार्यकर्ताले आफ्नी आमाको सार्वजनिक रुपमा हत्या गरेका जानकारी दिएका हुन् ।
आइएस छोड्न आग्रह गरेको भन्दै २१ वर्षको आइएस कार्यकर्ता अली सक्रले ४५ वर्षकी आमा लिन अल कासिमको हत्या गरेका हुन् ।
सक्रले आमा कासिमको उनले काम गर्ने हुलाक कार्यालयको बाहिर हत्या गरेका हुन् । कासिमले छोरा सक्रलाई आइएस छोड्न तथा आइएसको अन्त्य हुनुपर्ने बताएको थाहापाएपछि आइएसले उनलाई गिरफ्तार गरेर मृत्युदण्डको सजाय सुनाएको थियो।
त्यसपछि उनकै छोरा सक्रले सार्वजनिक स्थानमै हत्या गरेको हो । सन् २०१३ को अगस्टमा रक्कामा आइएसले नियन्त्रण कायम गरेको थियो । त्यसपछि रक्का आइएसको राजधानीको रुपमा रहेको छ ।
– एजेन्सी
सिरिया, २४ पुस ।
आन्तरिक राजनीतिको कलहका कारण गृहयुद्धमा फसेर जर्जर बनेको सिरियाका युद्ध पीडित आम सर्वसाधारणले भोकमरीका कारण माटो खान थालेको खबर आएपछि सिरियाको सरकारले प्रभावित केही क्षेत्रमा मानवीय सहायता पुर्याउन अनुमति दिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार मडाया नामक क्षेत्रमा रहेका मानिससम्म मानवीय सहायतपुर्याउन सिरिया सरकार तयार भएको हो ।
मडाया सिरियाका विद्रोही नियन्त्रित क्षेत्र मानिन्छ । खानेकुरा केही नभएर चरम भोखमरीमा परेका युद्ध पीडित माटो खाएर श्वास टिकाइरहेका छन् ।
सो क्षेत्रमा खानै नपाएर दैनिक मानिस मरिरहेको खबर छ । मडाया लेबनानको सीमाबाट करीब २५ किलोमिटर टाढा पर्दछ । (एजेन्सी)














