काठमाडौं,१७ मंसिर ।
मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा पहेँलो पदार्थ भेटिएको छ । सो पदार्थ महत्वपूर्ण खनिज भएको हुन सक्ने आशंकामा हेडवर्क्स निर्माणको काम रोकिएको छ ।
आयोजनाका प्रमुख घनश्याम भट्टराईका अनुसार मेलम्ची नदी छेउ छेउको पहााड काट्ने क्रममा पहेंलो पदार्थ भेटिएपछि सुरक्षाको कारण काम तत्कालका लागि रोकिएको छ ।

पहाड काट्दा निस्कएको माटोमा चम्किलो पहेँलो कणहरु देखिएका र त्यो के पदार्थ हो भन्ने त्यहाँ खटिएका इञ्जिनियरले पत्ता लगाउन सक्ने अवस्था नरहेकाे उनले बताए ।
‘यो सुन हो कि तामा अथवा अरु कुनै पदार्थ हो भन्ने निक्र्यौल हामीले गर्न सक्दैनौं, त्यो जे भए पनि राष्ट्रको अमूल्य खनिज सम्पदा हुन सक्ने भएकाले हामीले त्यसको सुरक्षा गर्नुपर्छ,’ भट्टराईले भने, ‘त्यसैले त्यहाँ काम बन्द गरेर हामीले खानी विभागमा जानकारी गराएका छौं ।’
उनले विभागको प्राविधिक टोलीले त्यो पदार्थ के हो भन्ने प्रमाणित नभएसम्म हेडवर्क्सका लागि पहाड काट्ने काम सुरु नगर्ने उनले बताए ।
‘त्यो संवेदनशील पदार्थ पनि हुनसक्छ । के हो र कति परिमाणमा छ भन्ने पत्ता लगाउन विशेषज्ञको मद्दत चाहिन्छ,’ भट्टराईले भने, ‘संवेदनशील भएकाले नै कामदार पनि जान नदिने गरी काम रोकेका छौं ।’
सो साइटमा झण्डै ४० जना कामदार खटिएका थिए । प्रहरीको सुरक्षा घेराभित्रैको क्षेत्र भएकाले त्यहाँ असुरक्षा नरहेको आयोजनाले जनाएको छ ।