- एजेन्सी, ८ कात्तिक ।
५ सय किलोग्राम तौल भएकी इजिप्टकी एक महिला संसारकै सबैभन्दा मोटी महिला बन्न सफल भएकी छिन् ।
डेली मेलको खबर अनुसार इमान अहम अब्दुलाती (३६) ले अलेक्जेन्ड्रियामा २५ वर्षदेखि आफ्नो घर छोडेकी छैनन् । उनी आफ्नो खाटबाट उठ्न पनि सक्षम छैन । यहाँसम्म कि आफ्नो भीमकाय शरिरका कारण उनी हल्लिन पनि सक्दिनन् ।
उनी आफ्नी आमा र बहिनी चायमा अब्दुलातीमा निर्भर छिन् । उनीहरुले नै उनलाई दैनिक खाना खुवाउने, कपडा परिवर्तन गरिदिने र सर–सफाइ गरिदिने गर्दछन् । अल अरेबियाका अनुसार इमान जन्मदाँनै पाँच किलो थिइन्, उनमा हात्तीपाइले रोगको पहिचान गरिएको थियो । हात्तीपाइले एक प्रकारको परजीवि संक्रमण हो जसका कारण शरिरका अंगहरु सुन्निने गर्दछन् ।
चिकित्सकका अुनसार ग्रन्थीहरु नष्ट भएका कारण उनको शरिरमा धेरै पानी जम्मा हुने गर्दछ । ११ वर्षको उमेरमा खुट्टामा धेरै तौल भएका कारण उनी उभिनसमेत सकिनन् । जसका कारण उनी घरभित्रै सिमितमा हुनुपर्यो ।
मस्तिष्क पक्षघातका कारण उनले आफ्नो प्राथमिक स्कूल छोडिदिइन् । उनको परिवारले इजिप्टका राष्ट्रपति अल–सीसीलाई चिकित्सकीय सहयोग गर्न अनलाइनमार्फत आग्रह गरेका छन् ।
२८ वर्षकी ब्लट क्याट्चेन र उनका ब्वायफ्रेण्ड ४३ वर्षका माइकल व्याचमाइल हेर्दा सामान्य देखिन्छन् । तर यिनीहरुको जिवनशैली असामान्य तथा डरलाग्दो छ ।
माइकल एक भेम्पाएर हुन् । भेम्पाएर अर्थात् मानिसको रगत पिउने जिव । अमेरिकामा माइकल जस्ता केही अरु मानिसहरु पनि छन् जसलाई मानिसको रगत मीठो लाग्छ । वास्तवमा यो एउटा मनोरोग हो ।
उनीहरुले यथार्थमा तनतनी धेरै रगत पिउने होइनन् की थोरै टेष्ट लिन्छन् । रगतको स्वाद चाखेपछि उनीहरुलाई छुट्टै ताजापनको अनुभुति हुन्छ ।
ब्लट क्याटचेनका अनुसार उनका ब्वायफ्रेण्ड माइकलले उनको रगत पिउने गर्छन् र ब्वायफ्रेण्डलाई आफ्नो रगत चुस्न उनले दिने गरेकी छिन् । उनको पिठ्युँ तथा पेट लगायत सरीरका विभिन्न ठाउँमा ब्लेडले काटेका कैयन् दागहरु हुन् ।
यसरी ब्लेडले काटेका ठाउँबाटै रगत तान्ने सक्सन कपले रगत तानेर माइकलले चुस्ने गर्छन् । ब्लटका अनुसार ब्वायफ्रेण्डलाई रगत चुसाउने यो प्रक्रिया निकै सुरक्षित छ ।
सफा ब्लेडले जिउमा एक इन्च जति लामो घाउ बनाएपछि त्यसमा सक्सन कप राख्ने र रगत तान्ने गरिन्छ । गर्लफ्रेण्डको त्यसरी निकालिएको रगत चुस्ता आफुलाई फरक तरिकाको उर्जा मिल्ने माइकल बताउँछन् ।
ब्वायफ्रेण्ड माइकल मात्र होइन ब्लटको रगत चुस्ने अरु धेरै ग्राहकहरु पनि छन् । अमेरिकाको लुसियानाकी बासिन्दा ब्लटले भेम्पाएर चरित्रका विभिन्न महिला तथा पुरुषलाई आफ्नो रगत चुसाउने गरेकी छिन् ।
पेसाले फूल व्यापारी ब्लटले पछिल्लो १० वर्षयता विभिन्न ठाउँमा गएर धेरै मानिसलाई आफ्नो रगत चुसाइसकेको बताउँछिन् ।
लवाइ, खुवाइ, हिँडाइ, बोलीचाली हरेक पाटोमा ‘स्मार्ट’ व्यक्ति सबैको आँखामा बस्छ । तर, ‘ओभर–स्मार्ट’ बन्ने व्यक्तिलाई कसैले रुचाउँदैन ।
‘ड्रेसअप कोड’, व्यक्ति स्मार्ट देखिने एउटा महत्त्वपूर्ण पाटो हो । ‘स्मार्ट आउटलुक’ भएका अभिनेता धीरेन शाक्य ड्रेसअपमा निकै ‘कन्सस’ छन् ।
स्मार्ट बन्न चाहनेलाई उनले दिएका छन्, केही ड्रेसअप टिप्स : वर्णअनुसार रोज्नुहोस् कालो वर्ण भएका व्यक्तिको तुलनामा गोरो अनुहार भएकालाई सबै रङका कपडा पनि प्राय: सुहाएकै हुन्छ ।
कपडा किन्दा कालो वर्ण हुनेले रङमा अलि बढी नै ध्यान दिनुपर्छ । शरीरअनुसार लगाउनुहोस् अरूको शरीरमा सुहाएको देखेर आफू पनि उस्तै कपडा नकिन्नुहोस् । सबैको शरीर एकै प्रकारको हुँदैन ।
दुब्लो, मोटो, होचो, अग्लो, सबैको शरीर फरक–फरक बनावटको हुन्छ । आफ्नो शरीरलाई फिट हुने कपडामा पैसा खर्च गर्नुहोस् ।
चमकदार छोड्नुहोस् धेरैको मनमा लागेको हुन्छ कि चमकदार कपडा लगाउँदा अरूले खुबै मन पराउँछन् । तर, यो सोचाइ गलत हो । यस्ता कपडाले ‘ओभर–स्मार्ट’ देखाउँछ ।
भद्दा ‘ड्ेरसअप’लाई आहा † भन्ने कमै हुन्छन् । हल्का कलरको किन्नुहोस्, बरु थोरै स्टाइलिस् । धेरै पुराना त्याग्नुहोस् कसैको बानी हुन्छ, धेरै पुराना भइसकेपछि पनि उही कपडा मन पराउने । तर, अरूले देख्दा राम्रो हुन्न ।
हुन त आफ्नो क्षमताअनुसार कपडा किन्नुपर्छ, तर जतन गरे लामो समयसम्म नयाँ नै देखिन्छ । एउटै कपडा केही दिनसम्म निरन्तर लगाइराख्दा पनि राम्रो देखिँदैन ।
हप्तामा रुटिन बनाएर पालैपालो फरक–फरक लगाउँदा ‘स्मार्टनेस’ झल्किन्छ । सफाचट राख्नुहोस् जति नै ‘ब्रान्डेड’ कपडा लगाए पनि सफाइमा ‘मेन्टेन’ गरिएको छैन भने व्यक्तित्त्व झल्किँदैन ।
एक–दुईपटक लगाएपछि धुने र आइरन गर्ने बानी हुनुपर्छ । तपाईंको सफा र चिटिक्क पहिरन देख्दा अरू पनि लोभिन्छन् ।
संसारमा यस्ता विचित्रका घटनाहरु भइरहन्छन् कि त्यो थाहा पाएर मानिसहरुले अनेक प्रतिक्रिया दिने गर्दछन्
। त्यस्ता घटनाहरुले सबैलाई आश्चर्यमा समेत पार्ने गर्दछ ।
यहाँ पनि यस्तै एउटा घटना भएको छ। एक महिला यति जोडले हाँसिन कि उनले बच्चा नै जन्माइन् । लण्डनको प्लाय माउथ सहरको रोयल लास्ट थियटरमा एउटी गर्भवती महिला क्रिस्टी कमेडी नाटक हेरिरहेकी थिइन् ।
शो हेर्दाहेर्दै महिला यति जोडले हाँसिन् कि उनलाई प्रश्रव पीडा सुरु भयो र बच्चासमेत त्यही जन्मियो । क्रिस्टी क्रिसमसमा आयोजना गरिएको कार्यक्रममा एक्टर लोक वानको कमेडी शो हेरिरहेकी थिइन् ।
शोध यति दमदार थियो कि क्रिस्टीले चाहेर पनि आफ्नो हाँसो रोक्न सकिनन् । क्रिस्टी दुई महिनापछि बच्चा जन्माउने तयारीमा थिइन् । अहिले क्रिस्टीको स्वास्थ्य एकदम ठिक रहेको र उनको बच्चाको नाम रुबेन राखिएको छ । एजेन्सी
रुसको एउटा अस्पतालमा डाक्टरले मुक्का प्रहार गर्दा एक जना विरामीको मृत्यु भएको छ। डाक्टरले मुक्का
प्रहार गर्दा ढलेका विरामीको मृत्यु भएको हो ।
यो घटना राजधानी मस्कोदेखि दक्षिणमा रहेको बेलगार्दमा गत २९ डिसेम्बरमा भएको हो । डाक्टरले मुक्का प्रहार गर्दा विरामीको मृत्यु भएको पुष्टि सीसीटीभी फुटेजबाट भएको हो ।
रुसी मिडियाका अनुसार विरामीले पहिला नर्सलाई लात्ताले हानेका थिए । त्यसपछि डाक्टरले उनको टाउकोमा मुक्का प्रहार गरेका थिए ।
एक जना छानविनकर्ताले रुसी टेलिभिजनलाई बताएअनुसार यो भवितव्य हत्या हुन सक्छ । सीसीटीभी फुटेज सार्वजनिक भएपछि यो खबर रुसभर चर्चामा छ । एजेन्सी

काठमाडौँ २५ पुस ।
एउटा बाँदरले खिचेको सेल्फी तस्बिरलाई लिएर अमेरिकामा कानुनी झमेला देखिएको छ । इन्डोनेसियाको
एउटा बाँदरले खिचेको सेल्फीलाई लिएर तस्बिरमा अधिकार कस्को हुने भन्दै मुद्दा परेको हो ।
फोटोग्राफर डेविड स्लैटरको क्यामराबाट खिचिएको तस्बिर ६ वर्षको नारुतो नामको बाँदरले नै क्यामराको बटन दबाएर लिएको थियो । अदालतले जनावरमा प्रतिलिपि अधिकार नहुने भन्दै निर्णय सुनाएको अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।
अमेरिकाको सनफ्रान्सिस्कोमा एक अदालतमा पशु अधिकारका लागि काम गर्ने पेटा नामको संस्थाले तस्बिरमा अधिकार बाँदरको हुनुपर्ने भन्दै मुद्दा हालेको थियो । पेटाले तस्बिरबाट आएका सबै आम्दानी बाँदरले नै पाउनुपर्ने माग गरेको थियो ।
फोटोग्राफर डेविडले भने तस्बिरमा आफ्नो अधिकार रहेको दावी गर्दै आएका थिए । सन् २०११ मा यो कुरा बाहिर आएदेखि डेविडले कानुनी लडाईं लडिरहेका थिए ।
विकिपीडिया लगायतका केहीले तस्बिर बाँदरले नै खिचेकोले अधिकार बाँदरमा नै रहने बताएपनि त्यो गलत भएको डेविडले बताउँदै आएका थिए ।
डेविडले भनेका छन्, ‘सेल्फी शब्द नै २०११ पछि आएको हो, जबकी यो तस्बिर त्यो भन्दा अगाडी नै लिइएको हो ।’ बाँदरले कुनै मोबाइल फोन दबाएर तस्बिर लिएको नभै त्यसमा आफूले ठूलो मेहनत गरेको उनले बताएका छन् ।
एउटा ठूलो क्यामरा ट्राइपडमा अडाएर आफूले सबै व्यवस्था मिलाएपछि बाँदरले बटन दबाएको उनले दावी गरेका छन् । डेविडका अनुसार तस्बिरबाट प्राप्त भएको लगभग सबै आम्दानी कानुनी लडाईंमा नै खर्च भइसकेको छ ।
आफूले धेरै मानसिक हैरानी झेल्नु परेको र विकिपीडिया लगायतले तस्बिरको सित्तैमा प्रयोग गर्दा आफूलाई धेरै घाटा लागेको उनले बताएका छन् ।
इन्डोनेसिया निवासी २६ वर्षीया गमाल अलबिनसाइद पेसाले चिकित्सक हुन् । उनले स्वच्छताका लागि एउटा
अनौठो तरिका अपनाएका छन् ।
उनी आफ्ना गरिब विरामीको उपचारका लागि पैसाको सट्टा त्यो वस्तु लिन्छन्, त्यसलाई सबैलाई आश्चर्यमा पारेको छ। उनी उपचारको सट्टा विरामीका अफन्तजनबाट फोहोर लिन्छन् ।
डाक्टर अलबिनसइदको यो सोचले पर्यावरण तथा स्वास्थ्यको क्षेत्रमा एउटा नयाँ क्रान्ति ल्याइदिएको छ। डाक्टर गमाल अलबिनसइदको यो आइडिया इन्डोनेसियाको दुई ठुला समस्याको सामना गर्न सहयोगी सावित भइरहेको छ।
इन्डोनेसियामा धेरै मानिस यस्ता छन् जो गरिबीका कारण स्वास्थ्यसम्बन्धी सुविधाको लाभ लिन सक्दैनन् । यस्ता मानिसका लागि डाक्टरको यो कार्यक्रम गार्बेज क्लिनिकल इन्श्योरेन्स जीसीआईले उपलव्ध गराएको छ । अलबिनसइदले फोहोरको सट्टा मानिसको इन्श्योरेन्सउ गराउँछन् ।
यसका लागि मानिसले रिसाइकल गर्न योग्य फोहोर क्लिनिकमा जम्मा गर्नुपर्ने हुन्छ । यो फोहोरबाट आउने प्लास्टिकको बोतलहरु र कार्डबोर्डलाई त्यस्ता कम्पनीमा बेचिन्छ, जसले रिसाइकल गरेर नयाँ उत्पादन बनाउँछन्। यसका साथै उपयुक्त फोहोरलाई उर्वरक मल बनाउने कम्पनीको काममा लिइन्छ ।
कुनै व्यक्तिले फोहोर दिएपछि त्यसको सट्टा उसले दुई महिनासम्म क्लिनिकको मूल स्वास्थ्य सुविधाहरुको लाभ उठाउन सक्दछ ।
गमाल यो सोच र प्रयासका लागि उनले अन्तर्राष्ट्रियस्तरमा कयौपटक सम्मानित भइसकेका छन् । त्यति मात्र होइन, उनको यो कामका लागि उनलाई सन् २०१४ मा बेलायती राजकुमार चार्ल्सले पनि सम्मान गरिसकेका छन् ।
इन्डोनेसियाई डाक्टरको सोच गरिबलाई गुणस्तरीय उपचारका साथै पर्यावरण पनि सुरक्षित राख्नु हो । अलबिनसइदको यो पहलपछि मानिसहरु आफ्नो कुँडाकर्कटका साथ बढी जिम्मेवार देखिएका छन् । नेपालमै जस्तो इन्डोनेसियामा पनि फोहोरको समस्या धेरै छ ।
त्यहाँ हरेक वर्ष समुद्र आसपासको क्षेत्रमा उत्पन्न हुने करिब ३२ लाख टन फोहोर समुद्रमा पुग्ने गर्दछ । यो संसारभरको समुद्रमा जाने फोहोरको १० प्रतिशत हिस्सा हो ।
यस्तो अवस्थामा डाक्टर गमालको माइक्रो हेल्थ इन्श्योरेन्स कार्यक्रम तिब्रताका साथ लोकप्रिय भइरहेको छ। जसको खुवै चर्चा भइरहेको छ ।
अलबिनसइदको उद्देश्य पनि यो कार्यक्रमलाई संसारभर फैलाउनु हो । उनीसँग अहिलेसम्म पाँच क्लिनिक छ । जहाँ ३ हजार ५ सय बढी विरामीको उपचार हुने गर्दछ । एजेन्सी

फेसबुकले डेनमार्ककी सांसद मैन जर्सकाफको एउटा पोस्टलाई अलि बढी नै सेक्सुअल र न्युड भएको भन्दै ब्लक गरिदिएको छ।
जर्सकाफले आफ्नो पोस्टमा एउटा वेभसाइटको लिंक पनि सेयर गरेकी थिइन् । उक्त वेभसाइटमा एउटा मरमेड अर्थात मत्स्य कन्याको तस्वीर थियो ।
मत्स्य कन्याको आधा शरीर स्त्रीको र आधा शरीर माछाको हुने गर्दछ । फेसबुकले नग्नतासँग सम्बन्धित कानुन कलाकृतिहरु र शैक्षिक उद्देश्यले बनाएको वस्तुमा पनि समान रुपमा लागु हुने बताएको छ।
डेनमार्ककी सांसदले यो पुरै घटना अन्यका साथ सेयर गरेकी छन् । यद्यपि पछि फेसबुकले ब्लक हटाएको छ। मत्स्य कन्याको उक्त तस्वीरलाई छोडेका छौ, तर त्यतिबेलासम्म जर्सकार्फले अन्य कारणले उक्त पोस्ट डिलेट गरिसकेकी थिइन् । एजेन्सी