- काठमाडौँ, ९ कातीक
माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ । माया वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ । मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन् । मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन्ः
छालामा चमक
मायामा पर्दा एउटा अनौठो अनुभव हुन सक्छ । आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईंको छालामा चमक थपिदिन्छ । विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्ड्रोफिन्सलगायतका हर्मोन निष्कासन गर्छ । यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ ।
डिप्रेसन जित्ने शक्ति
माया गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ । वैज्ञानिकहरुका अनुसार मायाले इन्ड्रोफिन्सलगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग पु¥याउँछ । शरीरमा यस हर्मोनको वृद्धिले डिप्रेसनलाई जित्न सहयोग पु¥याउँछ ।
कमजोरीबाट टाढै राख्छ
अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टको एक प्रतिवेदनअनुसार मायामा परेका जोडी अन्यको तुलनामा अझै बढी स्वस्थ र उनीहरुमा अन्य रोग वा कमजोरीको मात्रा तुलनात्मक रुपमा कम हुन्छ । यसको निश्चित कारण पत्तो नलगाए पनि एक अर्काको मायामा परेको जोडी अझै स्वस्थ भएर दीर्घजीवी हुने विषयमा चासो देखाउने, उचित व्यायाम गर्ने र नियमित परीक्षण गर्छन् ।
रक्तचाप घटाउँछ
एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल)को तुलनामा न्यून थियो । तपाईंको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्छ ।
तनाव घटाउँछ
मायाजालमा उनिनु निकै रमाइलो अनुभूति हो । राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनावलगायतलाई हराउँछ । यसबाहेक तपार्इं खुसी हुँदा दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्छ र बिन्दास भएर बाँच्न सकिन्छ ।
उपचार छिटो
हो, मायाले उपचार छिटो हुने वैज्ञानिक रुपमै प्रमाणित भइसकेको छ । अर्काइभ अफ जनरल साइक्याट्रियामा प्रकाशित एक अध्ययनअनुसार राम्रो र स्थिर सम्बन्ध हुने जोडीको घाउ अन्यको तुलनामा निकै छिटो निको भएको थियो । नराम्रो वा खराब सम्बन्ध हुने व्यक्तिमा न्यून उपचारको क्षमता भएको पनि अध्ययनले पुष्टि गरेको छ । निकै निराश, दुःखी, एक्लो वा हीनताबोध गर्ने व्यक्तिमा कोषहरु खुम्चिने भएकाले पनि उनीहरुको उपचार ढिलो हुन्छ ।
दीर्घायुको अवसर
विज्ञहरुका अनुसार खुसी र स्थिर सम्बन्ध भएका मानिसहरु धेरै वर्ष बाँच्छन् । मायाले एक अर्कोलाई सुरक्षा र आफ्ना दुःखसुःख आदानप्रदान गर्ने अवसर दिन्छ । जोडीमध्ये एउटालाई समस्या पर्दा अर्काेलाई आफ्ना समस्या सेयर गर्ने र छलफलबाट समाधानको उपाय समेत खोज्ने हुँदा प्रायः समस्या समाधान गरी विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने अवसर प्रदान गर्छ ।
शारीरिक तन्दुरुस्ती
सँगसँगै मिलेर काम गर्ने र सल्लाह गर्ने जोडीले सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्छ । यसबाहेक मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ ।
मासिक धर्म नियमित
माया र नियमित यौन सम्पर्कले तपाईंको मासिक धर्मलाई नियमित बनाउन सहयोग गर्छ । प्लान्ड प्यारेन्टहुडमा प्रकाशित एक अध्ययनअनुसार सातामा कम्तीमा एकपटक यौन सम्पर्क गर्ने महिलामा मासिक धर्म नियमित पाइएको थियो ।
पुरुषजस्तै महिलाले पनि सेक्स गर्नुको पछाडि विभिन्न कारण हुने गर्दछ । तर, महिलाहरुका लागि राम्रो सेक्स सम्बन्धको परिभाषा पुरुषहरुको अपेक्षाभन्दा केही भिन्न हुने गर्दछ ।
मनोवैज्ञानिक सिन्डी मेस्टन र डेभिड बुसले आफ्नो किताब ‘ह्वाई वुमन ह्याब सेक्स’ अर्थात ‘महिलाले किन सेक्स गर्छन्’ भन्ने बारे बताएका छन् ।
मनोवैज्ञानिकहरुका अनुसार मलिा प्रेममा मात्र सेक्स गर्दैनन् । उनीहरुले सेक्स गर्नुको पछाडि २ सय ३७ भिन्न भिन्न कारण छ । यदि तपाईं महिलाहरु सेक्सको विषयमा महिलाहरु धेरै खुल्ला छैनन् भन्ने सोच्नुुहुन्छ भने तपाईं गलत हुन सक्नुहुन्छ ।
करिब एक हजार महिलाहरुमा गरिएको सोध अनुसार महिलाहरु प्रेमको लागि मात्र सेक्स गर्दैनन् । उनीहरु पुरुषहरुको राम्रो साथ पाउन, आत्मविश्वास बढाउन, घरमा आफ्नो हक जमाउन र टाउको दुखाईबाट पार पाउनका लागि सेक्स गर्न रुचाउँछन् ।
यति मात्र होइन, मनोवैज्ञानिकहरुले आफ्नो किताबमा भनेका छन् कि महिलाहरु धेरैपटक फिट र ह्यान्सम पुरुषरुलाई छोडेर तालुखुइले र राम्रोसँग खुट्टा टेक्न नसक्नेलाई पनि आफ्नो लाइफ पार्टनर बनाउने गर्दछन् ।
यसको कारण हो उनीहरुको कमाइ, घरलाई सहारा दिने क्षमता र विश्वास हुने गर्दछ । शोधका अनुसार महिलाहरु आफ्नो साथीलाई डार्भिनको थ्योरी ‘सरभाइभल अफ फिटेस्ट’ को आधारमा छान्ने गर्दछन् ।
यसका साथै उक्त अध्ययनले महिलाले आफ्नो जीवनसाथी कसरी छान्छन् भन्ने विषयमा पनि निष्कर्ष निकालेको छ ।
अनुसन्धानका अनुसार महिलाको लागि प्रेमको कुरा गर्ने हो भने उनीहरु सुरक्षाका साथै बच्चाहरुलाई प्रेम गर्ने र आत्मविश्वासी पुरुषलाई छान्ने गर्दछन् ।
महिलाहरु प्रेमको प्रयोग प्रेम जताउन, प्रेम पाउन र त्यसलाई कायम राख्नका लागि पनि गर्दछिन् ।
कसरी कम्प्युटर योगा गर्ने ?
तपाईं दिनभरी कम्प्युटरमा काम गर्दागर्दै थाक्नु भएको छ ? दिनभरी कम्प्युटर चलाउँदा चलाउँदै आँखा दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने जस्ता समस्या पनि देखिन थालएका होलान् ।
तर चिन्ता लिनु पर्दैन तपाइँले कम्प्युटरमा काम सँगै योगा र ध्यान पनि गर्न सक्नुहुन्छ यस्ले तपाइँलाई स्फूर्ति प्रदान गर्ने र स्वास्थ्य समस्या पनि पर पारीदिन्छ ।
कम्प्युटरको कामबाट केही छिन ब्रेक लिएर तपाइँले कम्प्युटर योगा गर्न सक्नुहुन्छ । पाँच मिनेटको कम्प्युटर योगाले तपाइँलाई स्वस्थ राख्न पर्याप्त सहयोग गर्नेछ ।
कसरी गर्ने कम्प्युटर योगा ध्यान ?
कसरी कम्प्युटर योगा गर्ने पहिला कि बोर्डबाट हात हटाउनुहोस् । आँखा चिम्लिनुहोस् र आफ्ना सेवाग्राहीको भलोको कामना गर्नुहोस् ।तपाइँलाई अनुकुल हुने वा सधै सम्झिरहने कुनै मन्त्र वा वाक्य उच्चारण गर्नुहोस् ।
आत्मशान्तिको लागि भगवान सँग प्रार्थना गर्नुहोस् । यदि तपाइँलाई इश्वरमा विश्वास छैन भने शुद्ध हृदयले आत्मशान्तिको कामना गर्नुहोस् ।
आफ्नो जीवनलाई सकारात्मक बाटोतर्फ लग्ने प्रण गर्नुहोस् ।मनलाई शान्त बनाउनुहोस् र एक मिनेटसम्म ओम शान्ति मन्त्र जप गर्नुहोस् ।
केही समयको लागि शरीरलाई विश्रामको अवस्थामा छाड्नुहोस् । त्यसपछि आँखा खोल्नुहोस् । तपाइँले आफूमा नयाँ उर्जा संचार भएको पाउनुहुनेछ ।
त्यसपछि तपाइँ नयाँ उर्जाका साथ कम्प्युटरमा काम गर्न थाल्नुहुनेछ ।यो कम्प्युटर ध्यान योगाले तपाइँ आफ्नो कार्यस्थलको कुर्सीमै यथास्थितिमै बसेर गर्न सक्नुहुन्छ ।
दिनमा दुई तीन पटक यस्तो कम्प्युटर योगा गर्दा कम्प्युटरले पूराउने हानी कम हुनेमात्र होइन तनाव तथा अरु स्वास्थ्य समस्या पनि कम हुने योग विज्ञहरुको दाबी रहेको छ ।स्रोत : एजेन्सी



