
भक्तपुर नगरपालिका–११ सूर्यविनायकमा आज एक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
च्यामासिंहबाट काठमाडाैँतर्फ अाउदै गरेको बा २ ख ३६०६ नम्बरको बसले विपरीत तर्फबाट आइरहेको ना ३५ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पर्साको वीरगन्ज–८ घरभई हाल गोल्डेनगेट कलेजमा अध्ययनरत १९ वर्षीय राहुल साह तेलीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
त्यसैगरी, प्रहरीले सूर्यविनायक नगरपालिका जगातीस्थित विनायक रेष्टुरेष्टमा छापा मारी अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा तीन महिलालाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

मुनलाइट सर्भिसेज कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको द बोइङ कम्पनीमा पाँचवर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ। यो खबर हामीले आजको नागरिक दैनकबाट लिएका हौ।
६ वर्षअघि खाडी राष्ट्रमा रहेका नेपाली कामदारलाई अमेरिका लैजाने प्रलोभन देखाई ठग्दै आएको यो गिरोहले अहिले मलेसियामा रहेका नेपालीलाई सोही प्रलोभनमा पारी ठगी गरिरहेको भेटिएको हो ।
मुनलाइट सर्भिसेज कम्पनीका नाममा महेश राणा भन्ने व्यक्तिले मलेसियामा कार्यरत नेपालीबाट अहिले लाखौँ रूपैयाँ असुलेर ठगी गरेका हुन्।

बझाङ, २२ माघ ।
बझाङमा एक जनाको रुखबाट लडेर ज्यान गएको छ ।
पानीमुल जंगलमा घाँस काट्न गएकी जयपृथ्वी नगरपालिका–६ की २८ वर्षकी जयकला बोहराको रुखबाट लडेर ज्यान गएको हो ।
रुखबाट लडेर घाइते भएकी बोहराको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
रुखबाट लडेर घाइते भएकी बोहराको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।


- जनकपुर, ५ माघ।
धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जनकपुर–धनुषाधाम सडक खण्डको धनुषाधाम नगरपालिका–१ इनर्वामा ज १ त २६५९ नम्बरको ट्रयाक्टर मंगलबार दुर्घटना भएको हो ।
तीब्र गतिका कारण ट्रयाक्टर दुर्घटना हुँदा चालक धनुषाधाम नगरपालिका–१ गोबिन्दपुरका २५ वर्षका श्रीनारायण सदा, सिरहा गोलबजारका २२ वर्षकी निजनी खातुन र उनकी १८ महिनाकी छोरीको ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालामा राखिएको छ ।

झापा, ४ माघ ।
मोटरसाइकलको ठक्करबाट झापाको दमकमा गएराति एकजना पैदलयात्रीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गको दमक–७ स्थित सडकखण्डमा पूर्व जाँदै गरेको बा ६१ प ५९६१ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री दमक–१६ का ५५ वर्षीय प्रेम पुरीको मृत्यु भएको हो।
बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका पुरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
दुर्घटनामा परी मोटरसाइकलका चालक मकवानपुर हरिखोला–२ का २६ वर्षीय रोहित मोक्तान र पछाडि सवार उनकी दिदी मोरङ बयरवन–५ की ४० वर्षीया बबिता माझी गम्भीर घाइते भएका छन् घाइते दिदीभाइको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

- जनकपुर, १७ पुस ।
जनकपुरमा सडक छेउको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर क्षिरेश्वर नगरपालिका-८ हरैयाका ४० वर्षका जितेन्द्र यादवको ज्यान गएको छ ।
शनिबार राति १ बजेतिर ज ७ प ३८४५ नम्बरको मोटरसाइकलमा जनकपुरबाट घर जानलागेको बेला जनकपुरको पिडारीचोक नजिक सडक छेउको खम्बामा ठोक्किएर उनको घटनास्थलमै ज्यान गएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।
शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
- काठमाडौं, १५ पुस ।
स्यांग्जास्थित कालीकाकोट–३ पाटाबारीमा आफ्नै प्याराग्लाइडिङ आफैँ उडाउने क्रममा दुर्घटना हुँदा सुडानी नागरिक ५८ वर्षीय टन सोडान ग्रिन घाइते भएका छन्।
घाइते भएका उनलाई तत्काल उपचारको लागि डाइनेस्टिक हेलिकप्टरद्वारा पोखरा मनिपाल अस्पताल लगिएको थियो ।
उनलाई थप उपचारको लागि बि. एण्ड बि. हस्पिटल ललितपुर रिफर गरिएको छ ।
उनलाई थप उपचारको लागि बि. एण्ड बि. हस्पिटल ललितपुर रिफर गरिएको छ ।

- काठमाडौं, १२ पुस ।
कास्कीको निर्मलपोखरीबाट पोखरा आँउदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
मंगलबार बिहान क्याम्पसका विद्यार्थी लिएर आउने बस पोखरा २३ शिवालयमा फर्काउने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ। बस करिब ३ सय मिटर तल जंगलमा पुगेको छ।
घाइतेहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ।

- चितवन, १२ पुस ।
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा सोमबार राति भएको सावारी दुर्घटनामा सिरहा लक्ष्मीपुरका धर्मराज मण्डलको मुत्यु भएको छ भने २६ जना घाइते भएको छन् ।
सडकखण्डको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र चण्डिभञ्जाङ ६ कालिखोलामा अनमोल डिलक्सको ना ४ ख ५४४२ नम्बरको को यात्रुबस सडकबाट १ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए ।
काठमाडौंबाट मलंगवा जान लागेको बसले ट्रकलाई ओभर टेक गर्दा घटना भएको प्रहरीको प्रारपम्भिक अनुसन्धानले देखाएको ।
प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । घटना भएलगत्तै स्वयम् आफू घटनास्थलामा पुगि सबै घाइतेको उद्दार गरी थप उपचारा लागि भरतपुरको चितवन मेडिकल कलेज लगिएको थापाले वताएका छन् ।
गम्भीर घाइते भएका भारतको बिहार सितागढीका मनोजकुमार कुशहवा सर्लाहीका रामविश्वास पण्डित र नागेन्द्रराज यादवको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।

- काठमाडौं, ५ पुस ।
काठमाडौंको चाबहिलमा ट्रिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
चाबहिलमा नेपाल टेलिकमको कार्यालय अगाडिबाट बाटो काट्ने क्रममा ट्रिपरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको र उनको पहिचान नभएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रिपरको खोजी भइरहेको छ । महिलाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रिपरको खोजी भइरहेको छ । महिलाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
