
बर्दिया जिल्ला सोरहवा–३ मा गएराति दैलेख सालखर्क घर भई भारतको सिमलामा ज्याला मजदुरीको काम गर्ने ३९ वर्षीय मीनबहादुर सुनारले आफ्नो श्रीमती खगीसरा सुनारलाई बन्चरोले हिर्काई हत्या गरेका छन् ।
सोरहवा–३ स्थित दाजुको घरमा बसेकी ३६ वर्षीया खगीसरासँग झगडा हुँदा मीनबहादुरले प्रहार गरेको बन्चरोबाट उनको घटनास्थतलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्यापछि फरार रहेका मीनबहादुरलाई पक्राउ गर्न प्रहरीको खोजतलास जारी छ ।
बेरोजगार युवायुवती एवम् कृषक समूहका सदस्यका रोजगारीको अवसर सिर्जना गराउने र आम्दानी बढाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले तीनदिने च्याउ खेतीसम्बन्धी तालिम सोमबार गुलरियामा सम्पन्न भएको छ ।
तालिममा मैनापोखर, मगरागडी, वगनाहा, राजापुर, गुलरिया, तारातालबाट आएका बेरोजगार युवा सहभागीलाई गोब्रे च्याउखेती प्रविधिको परिचयको महत्वका बारेमा वरिष्ठ कृषि विकास अधिकृत तथा कार्यालय प्रमुख परशुराम रावतले तालिम दिए।
सो तालिममा गोब्रे च्याउ खेतीका लागि आवश्यक सामग्री तथा कम्पोस्ट मल तयार गर्ने तरिकाबारे कृषि विकास कार्यालयका अधिकृत विराज सुवेदीले तालिम दिए।
तालिममा अधिकृत जयबहादुर महतराले कन्ये तथा गोब्रेच्याउ खेतीका लागि टनेल तथा घर निर्माण गर्ने तरिका र व्यवस्थापनको तालिम दिए ।
सोही तालिममा च्याउको परिचय, महत्व, प्रकारका बारेमा अधिकृत घनश्याम कार्कीले तथा कन्ये च्याउको खेती प्रविधिको गोब्रे च्याउ खेतीका लागि ब्याड बनाउने, बीउ छर्ने, छोप्ने, टिप्ने तरिकाका बारेमा अधिकृत तारा शर्मा र अधिकृत कमल तामाङले तालिम दिए ।
- बर्दिया, ६ असोज ।
बर्दियामा भेरी यातायात प्रालिले नियम विपरीत गाडी सञ्चालन गरेको भन्दै कृष्णसार यातायात बस व्यवसायी समितिले तीन दिनदेखि आफ्ना सम्पूर्ण यातायातका साधन बन्द गरेको छ ।
बर्दियाका बस व्यवसायीलाई धरासायी बनाउनका लागि भेरी प्रालिका नाममा व्यक्तिगत गाडी सञ्चालन गरेकाले त्यसको विरोधमा आफू मातहतका सबै गाडी बन्द गरिएको कृष्णसार समितिका अध्यक्ष शम्भु रिजालले बताए ।
उता भेरी प्रालिले सञ्चालन गर्ने गाडी भेरीको नाममा नभएर व्यक्तिका नाममा दर्ता भएकाले आफूले सबै प्रक्रिया पूरा गरेर यातायात सञ्चालन गरेको प्रालिका अध्यक्ष राजेन्द्र गिरीले बताए ।
उता कृष्णसार बस व्यवसायी समितिद्वारा बर्दियाबाट सञ्चालन हुने दैनिक लामो तथा छोटो दूरीका ९० बढी गाडी बन्द भएपछि सर्वसाधारण समस्यामा परेका छन् ।
यातायात व्यवसायीको आन्दोलनका कारण सर्वसाधारणले दुःख झेल्नु परेको सर्वसाधारणको गुनासो छ ।
बर्दिया, ९ भदौ ।
बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको टोली गस्तीमा निस्केको बेला बाँसगढी नगरपालिका भास्तालमा चोरी सिकारी गर्ने सिकारी टोलीले एक्कासि सेनामाथि गोली चलाएपछि सेनाले जवाफी फायरिङ गर्दा सिकारीको भागाभाग भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको टोली गस्तीमा निस्केको बेला बाँसगढी नगरपालिका भास्तालमा चोरी सिकारी गर्ने सिकारी टोलीले एक्कासि सेनामाथि गोली चलाएपछि सेनाले जवाफी फायरिङ गर्दा सिकारीको भागाभाग भएको छ ।
सेनाले गोली चलाएपछि चोरीसिकार गर्ने ६ जनाको समूह दुई थान भरुवा बन्दुक र ४५ किलो सुकुटी छोडेर भागेका छन् ।
पैँतालीस किलो सुकुटीमा जरायो, सालक, दुम्सी माछाको सुकुटी रहेको निकुञ्जले जनाएको छ । फरार रहेका सिकारीको खोजी कार्य जारी रहेको बताउँदै सर्च अप्रेसन सुरु गरेको बर्दिया राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिएका छन्।
पैँतालीस किलो सुकुटीमा जरायो, सालक, दुम्सी माछाको सुकुटी रहेको निकुञ्जले जनाएको छ । फरार रहेका सिकारीको खोजी कार्य जारी रहेको बताउँदै सर्च अप्रेसन सुरु गरेको बर्दिया राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिएका छन्।
बर्दिया, १ भदौ ।
बर्दियामा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। यतिबेला यहाँका क्लिनिक, जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको देखिन्छ।
भाइरल ज्वरोका कारण बालबालिका वृद्धसमेत प्रभावति भएको त्यसमा पनि पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको जनस्वास्थ्य अधिकृत सुनिल पाण्डेले बताए।
अस्पतालमा भाइरल ज्वरोसँगै रुखाखोकी, टाइफाइड, मलेरिया लागेका बिरामीको भीड हुने बताए। भाइरल ज्वरो आएपछि ज्वरो बढी आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, रिगटा लाग्ने, पेट दुख्ने, खानामा रुची नहुनेजस्ता लक्षण देखा पर्दछ।
औषधि खाएपनि औषधिले काम नगरेपछि परीक्षण गराउँदा भाइरल ज्वरो भएको क्लिनिकमा चोकजाँच गर्न आएका बिरामी रिसर्च चौधरीले बताए।
मौसमका कारण हुने भाइरल ज्वरो एक सातासम्म निको नभएपछि बिरामी आत्तिएर अस्पताल, क्लिनिकमा आउने गरेको सुनिल पाण्डेले बताए। घरमै आराम गरी पानीपट्टी लगाउँदा, सिटामोल खाँदा पनि यो ज्वरो निको हुने बताए।




