जारी सातौँ चरणको बिग आइकन उत्कृष्ट २० राउण्डमा प्रवेश गरेको छ । बुधबार भएको उत्कृष्ट २५ गायन प्रतिभाहरुबीचको प्रतिस्पर्धाबाट ५ जना बाहिरिएपछि प्रतियोगितामा २० जना प्रतिस्पर्धी रहेका हुन् ।
बुधबार प्रतियोगिताबाट बाहिरिनेमा उषा गुरुङ, स्मिता दुरा, उर्मिला पुन, सरिता सुवेदी र रश्मी गुरुङ उत्कृष्ट २५ राउण्डबाट बाहिरिएको आयोजक बिग एफएमले जनाएको छ ।
बिग आइकन अन्तरगत उत्कृष्ट २० मध्येबाट अघिल्लो चरणमा अझै पाँच जना प्रतियोगीहरु बाहिरिनेछन् । पुर्णतया निर्णायकको निर्णयअनुसार उनीहरु प्रतियोगिताबाट बाहिरिएका हुन् ।
अघिल्लो चरणको प्रतिस्पर्धा शुक्रबार हुने एफएमले जनाएको छ । यो पटकको बिग आइकनमा ५४ जिल्लाका कुल ११ सय ५२ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए ।
विभिन्न चरण पार गर्दै अहिलेसम्म उत्कृष्ट २० प्रतिस्पर्धीको छनौट गरिएको हो । हाल ‘पियानो’ राउण्डमा प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा देखाईरहेका छन् ।
जारी बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । उत्कृष्ट १० प्रतिस्पर्धी छनौट गर्दासम्म निर्णायकहरुको सर्वाधिकार रहनेछ भने उत्कृष्ट १० पछि उत्कृष्ट ३ छनौटसम्म निर्णायकहरुको अग्राधिकार रहने एफएमले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट ३ छनौटपछि सर्वोत्कृष्ट छनौटका लागि भने सम्पूर्ण जिम्मा स्रोताको एसएमएस भोटमा रहने उसले जनाएको छ ।
सातौँ सँस्करणको बिग आइकन बन्नेले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ ।
त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ ।
बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।
त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।
- पोखरा, २७ माघ ।
पाँचौ चरणको अडिसनमा ३९ जना प्रतियोगीहरु छनौट भएकोमा विहीबार नौ जना बाहिरिएका हुन् । छैटौं चरणको अडिसन आगामी शनिबार हुने एफएमले जनाएको छ । निर्णायकका अनुसार अब पियानो राउण्ड सुरु हुनेछ ।
प्रतिष्पर्धीले आफूले चाहेको गीतमा संगीतको सुरमा गाउनुपर्नेछ । शनिबार पाँच जना बाहिरिने र टप २५ छनौट हुने आयोजकले बताएको छ ।
यो सिजनको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । बिग आइकन बन्नेले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।
त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।
तस्वीर : निशद श्रेष्ठ÷जक्शन डटकम।

- रेम बिक ।
पोखरा, १७ माघ ।
सातौँ बिग आइकन अन्तरगत शनिबारदेखि शुरु भएको पहिलो चरणको अडिसन सकिएको छ । पहिलो चरणको अडिसनमार्फत कुल १ सय १९ जना गायन प्रतिभाहरुले अघिल्लो चरणका लागि ‘ग्रीन कार्ड’ प्राप्त गरे ।
सातौँ बिग आइकनको पहिलो चरणको अडिसन अन्तरगत ५४ जिल्लाका ११ सय ५२ प्रतिस्पर्धीले सहभागिता जनाएको एफएमले जनाएको छ ।
पहिलो चरणको अडिसन ३ दिनसम्म चलेको थियो । अडिसनमा पहिलो दिन ६३, दोस्रो दिन ४४ र अन्तिम दिन १२ जना प्रतियोगीहरुले ग्रीन कार्ड प्राप्त गरेका थिए । दोस्रो चरणको अडिसन आगामी विहिबार हुने एफएमले जनाएको छ ।

अझै १८ वटा अडिसन राउण्ड पछि मात्रै ‘ग्राण्ड फिनाले’ हुने एफएमले जनाएको छ । यो सिजनको बिग आइकन करिब २ महिनासम्म चल्नेछ ।
यो पटक बिग आइकनमा निर्णायकको रुपमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा रहेका छन् ।
‘हामीले पहिलो चरणबाटै निकै उत्कृष्टहरुलाई मात्रै छानेर अगाडि बढाएका छौँ ।’ निर्णायक मध्येका एक सुनील थापाले भने–‘त्यसैले पनि धेरै सँख्यामा सहभागी आएपनि तुलनात्मक हिसाबले थोरै मात्रै दोस्रो चरणका लागि कार्ड पाए ।’ छनौट भएका प्रतिस्पर्धीहरु निकै प्रतिभावान भएको उल्लेख गर्दै अगाडिका चरण अझै रोचक हुने निर्णायकहरुले बताएका छन् ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
हालसम्म म्याग्दीका गगन पुन, पोखराका सुमन गौतम, सर्लाहीका नबिन काफ्ले, बिरौटाकी मुस्कान रानाभाट, मुस्ताङका कुन्साङ गुरुङ र चितवन पटिहानीका साजन आलेले बिग आइकनको उपाधी चुमिसकेका छन् । यी सबै बिग आइकन बिजेताहरु साँगीतिक फाँटमा क्रियाशिल रहेको बिग एफएमले जनाएको छ ।